Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पक्की पुल बनेपछि रेश र धम्जावासीलाई सहज

  • ४ वर्ष अगाडि

गलकोट, १७ माघ। बागलुङको काठेखोला गाउँपालिकामा एकसाथ दुई मोटेरबल पुल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत बागलुङको काठेखोला गाँउपालिकामा एकासाथ दुई मोटरेवल पुल निर्माण गरिएको हो ।

गाउँपालिका–६ बिँहु र भिमापोखरा जोड्ने गरी लामाबगरमा र वडा नं ७ रेशको सिमानामा रहेको एक्लेखेतस्थित रेश खोलामा मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि रेश र धम्जामा अब बाह्रैमास यातयातका साधन चल्ने भएको छ ।

बागलुङको काठेखोला गाउँपालिकाको रेशमा बर्खा लागेपछि सवारीसाधन खोलापार गर्न नसक्ने समस्या रेश खोलामा पुल निर्माण भएपछि हटेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

रेश खोलाको पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले रू पाँच करोड २७ लाख बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा र पूर्वाधार विकास कार्यालय बागलुङको साझेदारीमा २५ मिटर लामो मोटरेवल पुल निर्माण भएको हो ।

त्यसैगरी रू पाँच करोड लागतमा पुल निर्माणको ठेक्का निलगिरि नेशनल जेभिले जिम्मा लिएको थियो । विसं २०७६ सालमा ठेक्का सम्झौता भएको पुल २०७९ माघ मसान्तसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।

पुलको अहिले रङ्गरोगनको काम चलिरहेको छ । यस्तै लामाबगरमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ । रू तीन करोड ३१ लाख लागतमा पुलको निर्माणको जिम्मा पनि निलगिरि नेशनल जेभीले लिएको थियो ।

विसं २०७७ माघमा सकिने गरी २०७६ साउन २६ गते ठेक्का सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौताभन्दा दुई वर्षपछि मात्रै सम्पन्न भएको हो । लामाबगर पुल र रेश खोलाको पुल दुबै हस्तान्तरणको चरणमा पुगेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

विश्वका १०० प्रभावशाली महिलामा बागलुङकी आचार्य

दशैमा कालिका मन्दिरमा चार लाख दर्शनार्थी भित्रिए

क्षमता भन्दा बढि यात्रु नबोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com