Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

छ महिनामा सडक दुर्घटनामा २८१ ले ज्यान गुमाए

  • ३ वर्ष अगाडि

महोत्तरी, १७ माघ । मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ । चालु आर्थिक वर्ष २०७९÷८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९÷८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो ।

गत साउन–१ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन् । यी घटनामा चार हजार तीन सय ७१ घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद भण्डारीले बताउनुभयो । बारामा मात्रै सडक दुर्घटनाका घटनामा छ महिनाभित्र ६४ जनाको मृत्यु भएको छ ।

पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ । गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३÷३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ ।

दिनहुँ बढ्दै गएका सवारी साधनको चाप र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ । मानवीय क्षतिका घटना मोटरसाइकल दुर्घटनामा बढी भएका छन् । तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने हुँदा यो साधनको दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रदेशभित्र आव २०७६÷७७ मा एक हजार तीन सय ४०, २०७७÷७८ मा तीन हजार नौ सय ८३ र २०७८÷७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए । ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

त्यसैगरी दुर्घटनामा घाइते हुने क्रमशः एक हजार आठ ६७, छ हजार चार र नौ हजार चार सय ६४ रहेको प्रतिवेदन उल्लेख छ । पछिल्ला वर्षमा दुर्घटना, घाइते र मृतक बढेका प्रतिवेदनले देखाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सघन जाँच र सचेतना कार्यक्रम बढाउँदै लगिएको जनाइएको छ ।

प्रदेशका आठवटै जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर आयोजना गरिएका र यस्ता कार्यक्रममा सवारी धनी, सवारी चालक, विद्यार्थी र बाटो हिँड्ने यात्रीलाई सामेल गर्ने गरिएको प्रनाउ भण्डारी बताउनुहुन्छ । यो बाहेक राजमार्ग र सहायक मार्गमा छड्के र नियमित जाँचसँगै कारबाही पनि बढाइएको छ ।

“छ महिनामै एक लाख ४६ हजार एक सय ८० वटा (दोहोरिएकासमेत) सवारी साधनलाई कारबाही गरेका छौँ, यसबाट रु १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ”, प्रनाउ भण्डारी भन्नुहुन्छ, “विगत वर्षभन्दा जारी आवको छ महिनाको दुर्घटना र मानवीय क्षतिको सङ्ख्या अद्र्धवार्षिक अनुपातमा हेर्दा बढेकै छ ।” कारबाहीमा पर्ने सवारी साधन पनि बढेका बढ्यै छन् ।

आव २०७६÷७७ मा एक लाख ९१ हजार पाँच सय २६, आव २०७७÷७८ मा दुई लाख ५९ हजार एक सय ८८ र आव २०७८÷७९ मा दुई लाख ६४ हजार तीन सय १० सवारी साधन जाँचको क्रममा कारबाहीमा परेका थिए । ती वर्षमा क्रमशः १२ करोड १६ लाख ६८ हजार ५००, १९ करोड १६ लाख ३७ हजार र २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरिएको विगत तथ्याङ्क छ । दुर्घटना र क्षति न्यूनीकरण गर्न समाजका सबै वर्ग, यात्रु, सवारीसाधन धनी र चालकमा सचेतता र जिम्मेवारीबोध बढ्न आवश्यक रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com