Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विश्वकपको एसिया क्षेत्र छनोटको लागि नेपाली टोली युएई जाँदै

  • ३ वर्ष अगाडि

काठमाडौँ, १० फागुन। संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी १९ वर्षमुनि (यू–१९) पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले युएई जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

आयोजक युएईसहित नेपाल, सिङ्गापुर, कतार, हङकङ र मलेसिया सम्मिलित उक्त प्रतियोगिता यही फागुन १२ गतेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल फागुन १२ गते सिङ्गापुरको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी फागुन १३ गते नेपालले कुबेतसँग खेल्नेछ भने १५ गते हङकङसँग खेल्नेछ ।

त्यस्तै १६ गते मलेसियाको सामना गर्नेछ भने फागुन १८ गते आयोजक युएईसँग खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ । प्रतियोगितामा नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् भने कप्तानको भूमिकामा देव खनाल रहनेछन् । त्यस्तै नेपाली टोलीका अन्य खेलाडीमा अर्जुन कुमाल, दीपक बोहरा(क), आकाश त्रिपाठी, दीपक बोहरा(ख), दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, आकाश चन्द, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा र उत्तम थापा मगर रहेका छन् । नेपाली टोली आज दिउसोनै त्यसतर्फ प्रस्थान गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

कालिका कप पुरुष भलिबल : २०८२ बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु

बागलुङमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुदैँ

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

महिला भलिवलमो उपाधि मेरो डेण्टल होम बागलुङलाई

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com