Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

इको पदमार्ग’ मा चहलपहल बढ्दै

  • ३ वर्ष अगाडि

पर्वत, २२ चैत । कोरोना सङ्क्रमणका कारण सुनसान जस्तै बनेको अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्न थालेको छ । पर्वत र म्याग्दी जिल्लाका ग्रामीण बस्तीहरूलाई समेटेर विगत एक दशकअघिदेखि सञ्चालनमा आएको सो ‘इको पदमार्ग’मा यात्रा गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो । पर्वतको जलजला गाउँपालिकाको वारीवेनीदेखि यात्रा सुरु हुने यो पदमार्गमा दैनिक ३०÷४० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयवासीको भनाइ छ ।

सन् २०११ अक्टोबरदेखि सञ्चालनमा आएको यो पदमार्ग पर्वतको वारीवेनी हुँदै म्याग्दीको घुमाउनेतालदेखि सुरु भएर पर्वतको बाँसखर्क, डाँडाकटेरी, नागी, मोहोरेडाँडा, टिकोट हुँदै पाँच दिनपछि म्याग्दीको तिप्ल्याङमा पुगेर टुङ्गिन्छ । कतिपय बाह्य पर्यटकहरूले भने यो पदमार्गलाई लम्ब्याएर टिकोट हुँदै खिवाङदेखि स्वापसम्म पुगेर फर्किने गरेका छन् ।

कोरोनाका कारण दुई वर्ष सुनसान जस्तै बनेको यो पदमार्गमा गत वर्षदेखि बिस्तारै पर्यटकहरू आउन थालेको स्थानीय जगत पाइजाले बताउनुभयो । यो क्षेत्रको पर्यटन विकासका लागि तत्कालीन अवस्थामा लघु उद्यम विकास कार्यक्रमले युएनडिपीको सहयोगमा जिल्लास्थित लघु उद्यम सम्बद्ध सङ्घसंस्थाहरूसँग सहकार्य गरेर विभिन्न सामुदायिक लज तथा होमस्टेको प्रबन्ध मिलाइएको छ । लघु उद्यम विकास कार्यक्रमले जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्क र वडा नं ५ लेखफाँटको डाँडाकटेरीमा सामुदायिक लज निर्माण गरेको छ । तत्कालीन अवस्थामा लघु उद्यम विकास कार्यक्रमको रु सात लाख, स्थानीय गाविसको रु एक लाख समुदायको झण्डै एक लाख गरी रु नौ लाखको लागतमा सामुदायिक लज निर्माण भएका थिए । यसरी निर्माण गरिएका लजहरू स्थानीय समुदायमा नै व्यवस्थापन समिति बनाएर संरक्षण र सञ्चालन भइरहेका छन् ।

डाँडाकटेरी सामुदायिक लज व्यवस्थापन समितिका अध्यक्ष सीतबहादुर पुनले लजको व्यवस्थापन तथा सञ्चालनका लागि आफूहरू दिनरात खटिँदै आएको र पर्यटकहरूको माग र आवश्यकता बमोजिमका परिकारहरू खुवाउँदै आएको बताउनुभयो । विश्वभर फैलिएको कोरोना सङ्क्रमणपछि सुनसान बनेको पदमार्गमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको उहाँले बताउनुभयो । उहाँले सिजनमा चारदेखि ६ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको जानकारी दिनुभयो ।

उहाँले स्थानीय परिकारहरूसमेत पर्यटकहरूले भरपुर मात्रामा प्रयोग गर्ने गरेको बताउनुभयो । सामुदायिक लजसँगै ती गाउँमा घरबास ‘होमस्टे’ सुविधासमेत सञ्चालनमा ल्याइएको छ । गाउँमा आउने पर्यटकलाई लजमा खाना खुवाउने र होमस्टेमा सुत्ने व्यवस्था मिलाइएको छ ।

यो पदमार्गमा सन् २०१२ देखि अपेक्षित मात्रामा पर्यटकहरू पदमार्गमा यात्रा गर्दै आएका छन् । यो पदमार्गमा होल्यान्ड, जर्मन, अस्टे«लिया, हङकङलगायत पछिल्लो समय आन्तरिक पर्यटकहरू समेत उल्लेख्य मात्रामा आउने गरेको होमस्टे सञ्चालक यामबहादुर पाइजाले बताउनुभयो ।

यसरी पदमार्गमा आउने पर्यटकहरूले समुदायको वस्तुस्थिति, परापूर्वकालमा निर्माण भएका भौतिक संरचना र हिमशृङ्खला लगायतको अवलोकन गरेर दृश्यपान गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com