Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पत्रकार महासंघ बागलुङ शाखा कार्यालयमा गरेको तालाबन्दी प्रति प्रेस चौतारीको गम्भिर ध्यानाकर्षण

  • ३ वर्ष अगाडि

बागलुङ ,असार ४ गते । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयमा नेपाल प्रेस युनियन बागलुङले गरेको तालाबन्दी प्रति प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

‘युनियनको माग पत्रकार महासँघमा उद्योग बाणिज्य सँघका अध्यक्ष आउनुपर्याे’

प्रेस विज्ञप्ती
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयमा नेपाल प्रेस युनियन बागलुङले गरेको तालाबन्दी प्रति प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघ देशभरका शाखाहरु सदस्यता शुद्धिकरणको अभियानमा लागिरहेका बेला सदस्यता शुद्धिकरण, पत्रकारको पेशागत सुरक्षा, नागरिकका दविएका आवाज लगायतका विषयमा भूमिका थप सशक्त बनाउनु पर्ने बेलामा आफूलाई लोकतन्त्रवादी पत्रकारहरुको संगठन दावी गर्ने प्रेस युनियन बागलुङ तालाबन्दी जस्तो गैरजिम्मेवारी कार्यमा उत्रिनु आफैमा दुःखद कुरा हो ।
आफ्ना माग तथा असन्तुष्टिका बारेमा नेपाल पत्रकार महासंघ, जिल्लामा क्रियाशील पेशागत संगठनका बिचमा निकासका लागि कुनै छलफल र बहस नगर्ने तर कार्यालय तालाबन्दी गर्ने कार्यले सिंगो पत्रकारिता, पत्रकार महासंघ र प्रेस युनिनय स्वयंम्को समेत कद घटाएको छ । पत्रकार महासंघ बागलुङको इतिहासमा प्रेस युनियनकै नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेर गतिशील महासंघको अपेक्षा गरेका थियौ । दुर्भाग्य, त्यो अपेक्षा त पुरा हुन सकेन नै, अझ त्यसको निर्मम समिक्षा नगरी बदलामा आफै महासंघ कार्यालयमा तालाबन्दीमा उत्रिने कार्य गैरजिम्मेवार र उदासिनताको पराकाष्ठा हो ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयमा नेपाल प्रेस युनियन बागलुङले गरेको तालाबन्दी प्रति प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको गम्भिर ध्यानाकर्षण भएको छ । संगठनका आ–आफ्नै विचार, आस्था हुन्छन्, त्यसको सबैले सम्मान गर्नुपर्छ । तर, पत्रकार महासंघ जस्तो साझा संस्थाको मर्यादा र गरिमा माथि खेलाची गरेर साझा संस्थालाई बन्धक बनाउन र आफ्नो राजनीतिक, सांगठनिक अभिष्ट पुरा गर्न लाग्नु हुँदैन । अतः तत्काल पत्रकार महासंघको कार्यालयमा लगाएको ताला खोल्न, वार्ता संवाद र बहसबाटै समाधान खोज्न पत्रकार महासंघ बागलुङ र प्रेस युनियन बागलुङलाई हार्दिक अनुरोध गर्दछौं । यस विवाद समाधानका लागि पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश समितिको समेत ध्यानाकर्षण गराउँदछौ । गैर जिम्मेवारपूर्ण कदम तत्काल सच्याउन र संवादको वातावरण बनाएर पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड पूर्ण कार्यान्वयन गर्न गराउन समेत प्रेस चौतारी जोडदार माग गर्दछ ।
अन्यथा, प्र्रेस चौतारी आन्दोलनका नाममा हुने बेथिति, गैरजिम्मेवार र गलत कदममा मौनता साँधेर नबस्ने चेतावनी समेत दिन चाहन्छौ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com