सुजन रेग्मी, बागलुङ भदौ १ । युवा सँघ नेपाल बागलुङले महिला खेलाडीहरुलाइ खेलकुद सामग्री हस्तान्तरण गरेको छ । युवा सँघ नेपालका केन्द्रीय सदस्य सम्पन्न श्रेष्ठको पहलमा सँकलित खेलकुद सामग्रीहरु एक कार्यक्रमका बीचमहिला खेलाडीहरुलाइ हस्तान्तरण गरिएको हो ।
खेलकुद सामग्री हस्तान्तरण गर्दै नेकपा एमाले बागलुङ नगर कमिटी अध्यक्ष धनबहादुर परियारले खेलकुदले खेलाडीहरुलाइ स्वास्थ्यमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा मुथाइका अध्यक्ष रबिन्द्र खड्काले खेलाडीहरुलाई स्वास्थ्यमा सहयोग गर्ने बताउनुभयो ।
युवा संघ नेपालका बागलुङका अध्यक्ष बुद्ध बोहराले सहयोगीहरुलाई धन्यबाद ब्यक्त गर्दै युवा संघले हरेक क्षेत्रमा र समयमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रम युवा संघ नेपाल बागलुङका अध्यक्ष बुद्ध बोहराको अध्यक्षता नगर कमिटी प्रचार प्रमुख प्रवेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
