Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

८४ वर्षे जोस ! मिसेल जुत्रासले गरे बञ्जी

  • ३ वर्ष अगाडि

 

चन्द्र गणेश पौडेल ।
बागलुङ, कात्तिक १३ । बागलुङ नगरपालिका- १४ नारायणस्थान र पर्वतको कुश्मा जोडिएको विश्वकै दोस्रो अग्लो बञ्जीमा बयोबृद्ध क्यानडियन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका छन् । ८४ वर्षीय मिसेल जुत्रासले केही दिन अगाडी एड्भेन्चर हवको रुपमा परिचित ‘द क्लिफ’पुगेर बञ्जी, स्विङ, स्काइ साइक्लिङ, स्काइ ग्लाइडिङ लगायतका साहसिक खेलहरुको मज्जा लिनुभएको थियो ।
जुत्रासले बञ्जी तथा अन्य खेलहरु खेलेको भिडियो द क्लिफले आफ्नो आधिकारिक फेसबुक पेज, टिकटकबाट सार्वजनिक गरेको छ । सार्वजनिक भएको भिडियोमा जुत्रास युवा जोसका साथ बन्जी प्रवेश गरेका थिए । बन्जी पुगेर कर्मचारीहरुसँग हाँसो ठठ्टा गरेका जुत्रासले बन्जी गर्नुपूर्व रोमाञ्चित हुँदै नृत्य समेत गरेको देख्न सकिन्छ ।
जुत्रास द क्लिफमा सबैभन्दा बढी उमेरमा बन्जी गर्ने नागरिकको रुपमा रेकर्ड कायम गर्नुभएको द क्लीफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार यसअगाडी ६६ वर्षीय बिदेशी महिलाले बञ्जी गर्नुभएको थियो । बञ्जीपछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको भिडियोमा बताएका छन् ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि  पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी  बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

भिडियो स्रोत: द क्लिफको फेसबुक पेज

https://www.nepalsanchar.com/wp-content/uploads/2023/10/Banjee.mp4

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com