सुजन रेग्मी , बाग्लुङ्ग
गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगिताको उपाधी कास्कीले जितेको छ । शनिबार भएको फाइनल खेलमा नवलपुरलाई ८ विकेटले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । उपाधीको लागि ९१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कास्कीले १५.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।
कास्कीलाई मुस्कान थापाले २४ र अविशेक थापाले १७ रनको अविजित पारी खेलेका थिए । किरण पौडेलले २३ र सिभरिन श्रेष्ठले २२ रन बनाएका थिए । नवलपुरका लागि कप्तान कमल परियार र शिशिर भुसालले १–१ विकेट लिएर त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको नवलपुर १८.४ ओभरमा ९० रनमा समेटिएको थियो । नवलपुरको लागि अनिश गुरुङले १७ रन, दिपक डुम्रेले १४ रन र अप्राजित पौडेलले १२ रन बनाएका थिए ।
उपाधी जितेको कास्कीले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको गर्यो भने उपविजेता नवलपुरले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।