Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

  • २ वर्ष अगाडि

 

बागलुङ /बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौ राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु भएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गरे ।

श्रेष्ठले खेलकुदले राष्ट्रकै मानसम्मान बढाउने भन्दै बिद्यालय तहबाटै बालबालिकालाई खेल क्षेत्रमा आर्कषित गर्नुपर्ने बताए ।उनले युवा पलायनकालागि पनि खेलक्षेत्र उत्तिकै महत्वको भएको बताए । ‘राम्रो खेलाडी उत्पादन गर्दा हामी अन्तराष्ट्रिय जगतमा चिनिन सक्छौं’ उनले भने, ‘नैतिक शिक्षाका लागि पनि खेल क्षेत्र महत्वपूर्ण छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, वडा नं. १ का अध्यक्ष जयबहादुर केसीले बोलेका थिए । प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको अध्यक्षता, शिक्षा अधिकृत गौरव राना र रचना आचार्यको संचालन र नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको स्वागतमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त अबसरमा बागलुङको बिद्यामन्दिर, धवलागिरि बिरेन्द्र, रुद्रेपिपल, कालिका कन्या माबि र प्याब्सनको तर्फबाट सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । एनप्याब्सनले भने मुना मदन गीति नाटक प्रस्तुत गरेको थियो । प्रतियोगितामा ३७ बिद्यालयका १ हजार ५ सय बिद्यार्थी खेलाडी सहभागि रहेका छन् ।

एथलेटिक्सका १२ पदकको नतिजा

शुक्रबार भएको खेल छात्र १ हजार ५ सय मिटर दौडमा सिमाना मावि तित्याङका रबी विकले निर्धारित दुरी ५ मिनेट ४ सेकेन्डमा पार गरेर स्वर्ण पदक जितेका छन् । सोही दुरी विद्यामन्दिर मानिका सागर नेपालीले ५ मिनेट १५ सेकेन्डमा पार गरेर रजत र चिल्ड्रेन लाइफ आवासीय मानिका आमोद जिसीले ५ मिनेट ३५ सेकेन्डमा दुरी पार गरेर कास्य पदक पाए ।

छात्रा १ हजार ५ सय मिटर दौड तर्फ मुलपानि माबिकी मनीषा दर्जीले ६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गरेर स्वर्ण पदक जितिन् । गणेश माबिकी सनम शाहनीले ६ मिनेट ५३ सेकेन्डमा दुरी पार गरेर रजत र चिल्ड्रेन लाइफकी अंशु गिरीले ७ मिनेट ६ सेकेन्डमा दुरी पार गरेर कास्य पदक पाइन् ।

१ सय मिटर दौडमा छात्र र छात्रा दुवै गणेश माबिले स्वर्ण पदक जितेको छ । छात्र तर्फ गणेश मानिका प्रतिक थापाले स्वर्ण जितेका हुन् । अमर आदर्शका उज्वल रुचालले रजत र न्यू एभरेण्ट एकेडेमीका प्रदिप परियारले कास्य पदक जिते । त्यस्तै छात्रा तर्फ गणेश माबिकी पुनम पौडेलले स्वर्ण, चिल्ड्रेन लाइफकी रिवा ठकुरीले रजत र युएस एकेडेमीकी साधना आचार्यले कास्य पदक जितिन् । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बिजयी खेलाडीलाई पदक बितरण गरेका थिए । भलिबलमा चार खेल सम्पन्न छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन शुक्रवार भलिबलका ४ खेल सम्पन्न भएका छन् ।

पहिलो खेल न्यु ओएसिस माबिले कालीका कन्या माबिलाई सोझो दुइ सेटमा पराजित ग¥यो । न्यु ओएसिसले २५–१७ र २५–१५ को सेटमा खेल जितेको थियो । दोश्रो खेलमा कुडुले माबिलाई हराएर धवलागिरि बिरेन्द्र मावि बिजयी भयो । धवलागिरी बिरेन्द्र माबिले २५–१३ र २५–९ को सेटमा जित हात पारेको थियो । त्यस्तै होलीचाइल्ड बोर्डिङ स्कुलले न्यू एभरेष्ट एकेडेमीलाई पनि सोझो दुइ सेटमा पराजित ग¥यो । होलीचाइल्डले २५–८ र २५–६ को सेटमा खेल जितेको थियो । चौथो खेलमा रुद्रे पिपल माबिले तितौरे माबिलाई पराजित ग¥यो । रुद्रे पिपलले २५–१९ र २५–१२ को सेटमा खेल जितेको हो ।

तीन दिन सम्म चल्ने खेल प्रतियोगितामा ७० इभेन्टका ५ सय मेडलका लागि १ हजार ५ सय खेलाडीले भाग लिएका थिए । शनिबार छात्रछात्रा तर्फका भलिबल खेल हुनेछन् । भलिबल प्रतियोगिताका लागि छात्रातर्फ ९ र छात्र तर्फ २० टिम छन् । खेलका लागि नगरपालिकाले ८ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि

दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय

आदर्श कपको दोस्रो दिन पाँच खेल सकिए

दोश्रो आदर्श कप हुने

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com