बागलुङ / बागलुङ नगरपालिकाले आयोजना गरेको छैटौँ बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ¥याली प्रदर्शनमा विद्यामन्दिर मा वि प्रथम भएको हो ।
छैटौँ बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट ¥याली प्रदर्शन गर्ने विद्यालयलाई छनौट गरी पुरस्कृत गरिएको छ । शुक्रवार भएको ¥याली प्रदर्शनमा विद्यामन्दिर मावि प्रथम, न्यु ओएसिस एकेडेमी, अमर, आदर्श मावि द्धितीय र युएस एकेडेमी, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन् ।