बागलुङ/ नेकपा (माओवादी केन्द्र) तमानखोला कमिटिले तमानखोलामा गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरेको छ । गाउँपालिकाको दास्रो गाउँसभाको चौथो अधिवेसनबाट सदरमुकाम बागलुङ बजारमा बन्न लागेको नेपाली काँग्रेसको पाटी कार्यालय वि पी स्मृति भवनको लागि गाउँपालिकाले १४ लाख रुपैयाँ वजेट विनियोजन गरेपछि माओवादी केन्द्रले तालाबन्दी गरेको हो ।
गाउँसभामा पार्टी कार्यालय भवन निर्माणका लागि बजेट विनियोन गर्ने प्रस्ताव आएपछि केही गाउँसभा सदस्यहरुले असहमती जनाएका थिए । असहमतीका बीच विहिबारको गाउँसभाले विपी स्मृति भवनको लागि एकल बहुमत बाट बजेट विनियोजन गरेको भन्दै नेकपा माओबादी केन्द्र तमानखोला सचिव छवि र्सिपालीको नेत्तृत्वले पालिका कार्यालयमा ताला बन्दी गरेको हो ।
गाउँपालिकामा जनताका लागि आएको बजेट कुनै पार्टी कार्यालय निमार्णको लागि विनियोजन गर्नु गलत भएको भन्दै अल्पमतको सही कुरामा समेत सुनुवाई नभएको तमानखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष छवि र्सिपालीले बताएका छन् ।
तमानखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष थमबहादुर रोका, तमानखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नारायण सुनार, वडा नं ४ का वडा अध्यक्ष छवि र्सिपाली लगायत माओवादी केन्द्रका ११ जना गाउँसभा सदस्यले तालाबन्दी गरेका हुन् । सहमति नहुदासम्म तालाबन्दी नखुल्ने बताएका छन् ।