Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ल्याण्डफिल्ड साइडको सँरचना भत्काएर फोहोर सिधै नदीमा

  • २ वर्ष अगाडि

बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १ खुदुर्केमा रहेको ल्याण्डफिल्ड साइड भत्काएर फोहर खोलामा फालिएको छ ।

बागलुङ बजारमा उत्पादन हुने फोहर विसर्जन गरिदै आएको ल्याण्डफिल्ड साइडमा जम्मा भएको दुर्गन्धीत फोहोर पर्खाल भत्काएर काठेखोलामा फालिएको हो ।

एक दशक अगाडिसम्म मालढुङ्गस्थित कालीगण्डकी नदीमा सिधै फोहोर फालिदै आएकोमा सर्वत्र विरोधका कारण ल्याण्डफिल्ड साइड निर्माण गरेर फोहोर व्यवस्थापन गरिदै आएको थियो ।

बागलुङ नगरपालिकाले ल्याण्डफिल्ड साइड वरपर हरियाली पार्क निर्माण गर्ने बहानामा उक्त ल्याण्डफिल्ड साइडको भौतिक सँरचना भत्काएको स्थानीयले आरोप लगाए । “खोलाको नजिक, तत्कालिन अवस्थामा समेत बागलुङको दक्षिण भेगमा सवारी आवात जावत गर्ने ठाउँको नजिकै फोहोर व्यवस्थापन गर्नु हुन्थेन, राज्यको ठूलो लगानी गरेर निर्माण गरिएको सँरचनालाइ व्यवस्थित गर्ने ठाउँमा भत्काउँनु नगरपालिकाको गल्ती हो ।” एक स्थानीयले भन्नुभयो ।

डम्पिङ साइड निर्माणपछि त्यहाँबाट आउने गन्धले स्थानीयलाइ समस्या पारेको थियो त्यसको व्यवस्थापन गर्नुको साटो खोलामा लगेर कुहिएको फोहोर फाल्दा बसीनसक्नु भएको स्थानीय सरिता थापाले बताउनुभयो ।

मालढुङ्गा टोल विकास समितीका अध्यफ घनश्याम उपाध्यायले  नदीमा सिधै फोहोर फालेर कालिगण्डकी नदीप्रतिको धार्मिक आस्था माथि आक्रमण भएको बताउनुभयो ।

उपाध्यायले ल्याण्डफिल्ड साइड व्यवस्थापनका बारेमा सरोकारवाला निकायसम्म पुग्दापनि कसैले ध्यान नदिएको बताउनुभयो । “कि त अलि सुरक्षित ठाउँमा फोहोर विसर्जन गर्नुपर्यो, होइन भने वर्षादमा लेदो, हिउँदमा आगो लगाएर स्थानीयले सास्ती दिनु भएन ।”

बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयबहादुर केसीले आफ्नो अध्यक्षतामा गत बैशाख १३ गते नगरपालिका, स्थानीय प्रशासन लगायत सरोकारवालाको बैठक राखेर हाल फोहोर विसर्जन हुँदै आएको ठाउँ आसपास हरियाली पार्क निर्माण गर्न बागलुङ नगरपालिकाले पहल गर्ने, त्यस ठाउँमा बृक्षारोपणका लागि रामरेखा सामुदायीक वनले गर्ने र ल्याण्डफिल्ड साइडमा उत्पादन हुने फोहोर र त्यहाँ लाग्ने आगोका कारण जम्मा भएको खरानी व्यवस्थापन नगरपालिलकाले गर्ने निर्णय भएको बताउनुभयो ।

केसीले फोहोरले धेरै दुर्गन्ध फैलिइरहेकाले त्यहाँ रहेको फोहोर व्यवस्थापनका लागि कालाखोला बगर आसपासको क्षेत्रमा लगेर विसर्जन गरिएको बताउनुभयो । अध्यक्ष केसीले ल्याण्डफिल्ड साइडको सँरचना भत्काउँने कार्यमा नगरपालिकाको कुनै सँलग्नता नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com