Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

देवकुमार नेपालीका लिलामी प्रकिया रहेका घर जग्गालाई त्यस्तो नगर्न सघंर्ष समितीको चेतावनी

  • २ वर्ष अगाडि

बागलुङ , ५ साउन । सहकारीको रकम अपचलन गरि फरार भएका ढोरपाटन नगरपालिका नगरप्रमुख तथा ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देव कुमार नेपालीको नाममा रहेको सम्पति बैङ्कहरुले लिलामी प्रक्रिया अघि बढाएपछि सहकारी पीडितहरु आन्दोलित भएका छन् ।
शनिबार बागलुङ बजारमा रहेको सहकारीको कार्यालयलमा पीडितहरु भेला भएर लिलामी प्रक्रिया अघि नबढाउन बैङ्कहरुलाई चेतावनी दिएका छन् । उनीहरुले लिलामी प्रक्रिया अघि बढाउँदा आफुहरुको रकम गुम्ने भन्दै लिलामी प्रक्रियालाई स्थगित गर्न आग्रह गरे ।
संघर्ष समितिका अध्यक्ष डिल बहादुर कार्कीले लिलामी प्रक्रिया अघि बढाउँदा बचतकर्ताहरु झनै समस्या पर्ने बताउँदै लिलामी प्रक्रियालाई रोक्न आग्रह गरे । उनले लिलामी प्रक्रियालाई अघि बढाए बैङ्क, सम्पति किन्ने व्यक्ति र राज्यका बिरुद्ध संघर्ष गर्ने चेतावनी दिए ।
‘हामीले उहाँहरुलाई विनम्रताका साथ लिलामी प्रक्रिया अघि नबढाउन आग्रह गरिरहेका छौँ, लिलामी प्रक्रियाले बचतकर्ताको पैसा गुम्ने खतरा झनै बढेको छ ।’ उनले भने–‘लिलामी प्रक्रिया अघि बढाए हामी बैङ्क, किन्ने व्यक्ति र राज्यका विरुद्ध संघर्ष गर्नेछौँ ।’
उनले लिलामी प्रक्रिया अघि बढाउँदा झण्डै २ अर्बको सम्पति ३०र३५ करोडमा बिक्रि हुने उनको बुझाई छ । उनले देवकुमार नेपालीको सम्पति सहकारीका बचतकर्ताहरुको सम्पति भएको बताउँदै त्यसको संरक्षण पनि पीडितहरुले गर्ने बताए । उनले आफुहरुको रकम फिर्ता हुने सुनिश्चितता नहुँदासम्म लिलामीको प्रक्रिया अघि नबढाउन आग्रह गरे । उनले आफुहरुलाई देवकुमारसँगै राज्यले पनि ठगेको आरोप बताए ।
‘हामीलाई देव कुमार नेपालीले त ठगेकै थिए, तर राज्यले पनि हामी विरुद्ध षड्यन्त्र बुनिरहेको छ ।’ उनले भने–‘सम्पति सुद्धिकरणको मुद्धा लगाएर तर्साउन खोजिरहेको छ ।’
संघर्ष समितिका सचिव याम पोख्रेलले लिलामीको प्रक्रियाबाट अघि बढे राम्रो नहुने चतावनी दिए ।
गरिमा बिकास बैङ्क लिमिटेड र राष्ट्रिय सहकारी बैङ्क लिमिटेडले संस्थाबाट ऋण निकाल्दा धितो राखेका घरजग्गालाई लिलामी प्रक्रियामा अघि बढाई बिक्रि समेत गरिसकेको छ ।
बैङ्क र सहकारीबाट लगेको ऋणको साँवारब्याज केही पनि नतिरेपछि गरिमा बिकास बैङ्कले बागलुङ नगरपालिका वडा न।२ मा रहेको कर्मा कम्प्लेक्स र सिवाईसी बचत तथा ऋण सहकारीको कार्यालय भएको भवनलाई लिलामी प्रक्रियामा अघि बढाई नामसरिको लागि समेत मालपोत कार्यालयलाई पत्रचार गरेको छ ।
बैङ्कले गत जेठ २८ गते नागरिक राष्ट्रिय दैनिक पत्रिकामा लिलामी सम्बन्धी सूचना प्रकाशन गरेको थियो । गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने बागलुङ वडा न। ११ रायडाँडा ९साबिक वडा न ५० का विकास गौतम र गोमा कुमारी क्षेत्रीले ३ करोड ६५ लाख रुपैयाँमा सकार गर्न मञ्जुर भएकको र बैङ्कलाई पनि स्वीकार्य भएकोले नामसरी गरिदिन भन्दै मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।
बा।न।पा–२मा रहेको कित्ता न।८८० र ४५९को क्षेत्रफल ११५।२५ र ११९।२२ वर्गमटिर भएको घररजग्गा र सोले चर्चेको सम्पूर्ण सम्पति नामसरीको लागि बैङ्कले पत्रचार गरेको हो ।
राष्ट्रिय सहकारी बैङ्कले पनि बागलुङ नगरपालिका वडा न।२ मा रहेको किता न। ४५७को ०–४–३–३ क्षेत्रफल र कित्ता न। ०–४–२–१को क्षेत्रफल ०–४–२–१मा रहेको घर जग्गा सहित सबै सम्पति लिलाम गरिसकेको छ ।
नेपालीको नाममा रहेको यो जग्गा पनि गोप्य बोल कबोलकै आधारमा १३ करोड २५ लाख रुपैयाँमा बिक्रि गरिएको छ । सबैभन्दा धेरै रकम कबोल गर्ने बागलुङ नगरपालिका वडा न।११ का गोमा कुमारी क्षेत्रीको नाममा नामसरि गर्न मालपोतलाई पत्रचार गरिएको छ ।
यसको लिलामीको प्रक्रिया २०८०/०८/१३ गतेदेखी सुरु गरिएको थियो । साँवा, ब्याज केही पनि भुक्तानी नगरेपछि सहकारी बैङ्कले लिलामीको लागि पटक–पटक विभिन्न पत्रिकामा सूचना प्रकाशन गरेको थियो ।
मलपोत कार्यालय बागलुङका प्रमुख देवेन्द्र थापाले बैङ्क र सहकारीबाट दाखिला पत्र आएको बताए । उनले पत्रबारे अदालत, जिल्ला प्रशासन कार्यालयसँग परामर्श गरि प्रक्रिया अघि बढाइने बताए ।
अध्यक्ष नेपाली २०८० जेठ ५ गतेदेखि फरार रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com