Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गुमनाम महभिर क्षेत्रका दुई झरना

  • २ वर्ष अगाडि

विनोद थापा, बागलुङ

९ भदौ । जिल्लाको निसीखोला गाउँपालिका वडा नं ३ बोहरागाउँमा पर्ने २ झरना प्रचार अभावमा गुमनाम अवस्थामा छन् ।

समुद्री सतहबाट करिव दुई हजार पाँच सय मिटर उचाईमा रहेको दात छहरा झरना र महभिर झरना अग्ला पहाडको चट्टानबाट झर्ने गर्दछन् । झरनाको वरपर घनाजंगल र हरियाली वातावरणले झन् उक्त झरनालाई सुन्दरता थपेको छ । तर उक्त स्थान सम्म पुग्नको लागि सहज सडकको पहुच छैन साथै प्रचार नहुदा भने झरना गुमनाम अवस्थामा छ ।

स्थानिय सूर्य प्राथमिक विद्यालय निसीखोला ३ याङ्म्याङका प्राधानध्यपक निरज शाहीले धेरै पटक झरनालाई पुर्वधार निमार्ण तथा योजना बनाएर लाग्नु पर्ने सुझाव सरोकारवाला लाई दिए पनि संम्बोधन हुन नसकेको प्रति गुनासो व्यक्त गर्नु भएको छ । झरनामा घुम्न पुग्नु भएका स्थानिय सुरज रसाईलीले झरना सुन्दर रहेको र झरनाको प्रचार गर्न स्थानिय सरकारले सडक पहुच र केही पुर्वधार निमार्ण गर्नु पर्ने बताउनु भएको छ । बुर्तिबाङ बाट झरना घुम्न पुग्नु भएका हेम राज थापाले यस क्षेत्रको पर्यटकिय क्षेत्रको लागि प्रचुर सम्भावना रहेको प्रतिक्रिया दिनुभएको छ । स्थानिय सुदिप परियारले आफ्नै ठाउँ नजिक भएको भय पनि पहिलो पटक पुगेको र सोचेको भन्दा निकैनै उत्कृष्ट भएको प्रतिक्रिया दिनु भएको छ ।

निसीखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रमेश विक्रम शाहीले झरनाको सम्भाव्यता अध्यनको लागि वडाको टोली पुगेको र आउदो आर्थिक वर्षमा यसलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि वडाले महत्वपुर्ण स्थानमा राख्ने बताउनुभएको छ । “आफ्नो वडाको पर्यटकिय क्षेत्रको प्रचार गर्ने मन मेरो पनि हो तर वडामा भनेको जस्तो वजेट छैन तर पनि हामिले जति सकिन्छ त्यती नै गर्नेहो आगामी कार्यक्रममा समेटेर काम गर्ने योजना छ ” वडा अध्यक्ष शाहीले भन्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com