बागलुङ १४ कार्तिक । धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा किरण तिवारी हुनुभएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशले तिवारीलाई प्रमुख प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त गरिएको हो ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद पोखराको पत्र संख्या ०८१०८२ चलानी नम्बर ३७३ मिति २०८१०७१३ गतेको पत्र वमोजिम प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा. किरण तिवारीलाई यस अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायाण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
पौडेलले डाक्टर तिवारीलाई आज एक कार्यक्रमका बीच पदभाहर ग्रहण गराउनुभएको थियो । पदभार ग्रहणपछि अध्यक्ष पौडेलले अस्पतालले तिवारीको नेतृत्वमा थप प्रगति गर्ने बताउनुभयो ।
कार्यक्रम निमित्त प्रमुख मेसु प्रभातसिंह राजपुतको अध्यक्षता, तथा डाक्टर अमित ढुङ्गानाकोे स्वागत मन्तव्य तथा नवराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पदभार ग्रहण पछि बोल्दै डाक्टर तिवारीले अस्पतालमा म नभई हाम्रो भएर काम गर्ने बताउनुभयो ।
धौलागिरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा किरण तिवारी नियुक्त
- नेपाल सञ्चार
- ६ दिन अगाडि