Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, १ असार । गुहेंली संचार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आठौँ वार्षिकोत्सव आईतबार मनाएको छ ।

आठौँ वार्षिकोत्सवको उद्घाटन काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर बहादुर थापाले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले राम्रो कामको प्रशंसा गर्दै नराम्रा कामको खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमले खबरवारी गर्दै सरोकारवालाहरुलाई गलतबाटोमा जानबाट रोक्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकारहरुले स्थानीय सरकारले गरेका राम्रा गतिविधिलाई प्रोत्साहन गरि प्रचारप्रसार गर्नुपर्ने गाउँपालिकाका निवर्तमान अध्यक्ष थापाको भनाई छ । उहाँले न्यू मिडियाको स्थापना पछि छापा सञ्चार माध्यम संचालनमा समस्या रहेको बताउँदै छापा सञ्चारलाई जोगाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।

थापाले आफु गाउँपालिका अध्यक्ष हुँदा काठेखोला गाउँपालिकालाई केन्द्रमा राखेर जननिगरानी स्थापना भएको स्मरण गर्दै निरन्तर संचालन भइरहन शुभकामना दिनुभयो । उहाँले स्थानीय सरकारसँगको सहकार्यमा पत्रिकाले प्रत्येक अंकको एक पेजमा गाउँपालिकाका गतिविधिहरुलाई स्थान दिएको बताउँदै स्थानीय सरकारले सञ्चार माध्यम जोगाउन भुमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँलेसंचार माध्यमहरु निश्पक्ष बन्नुपर्ने बताउँदै कसैको पक्षमा मात्रै लाग्ने नभइ सबैको बन्नुपर्नेमा जोड दिनुभयो । आम नागरिकको विश्वास समेत पत्रकारितामा भएकोले सत्य लेख्न पत्रकार डरायो भने देशमा बेथिती मौलाउने थापाले बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्ण बहादुर कार्कीले गाउँपालिकालाई लक्षित गरी विकास निर्माण सहित जनतालाई सुसूचित गराउन भुमिका खेलेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

काठेखोला गाउँपालिका वडा नं। १ का वडाअध्यक्ष खडक बहादुर थापाले सञ्चार माध्यमले सत्य र तथ्यलाई छुटाएर प्रकाशन गर्नुपर्ने बताउँदै पछिल्लो समय युट्युब लगायतका सामाजिक सञ्जालमा पछिल्लो समय भ्रम पैदा गर्ने फेक समाचार आउने गरेकोले नियमक निकायले नियम गर्न आवश्यक रहेको बताउनुभयो । वडा नं। २ का वडाअध्यक्ष विद्यापति शर्माले सञ्चार माध्यमले समाचार प्रकाशनमा नकरात्मक रुपमा सोच्नुभन्दा सकारात्मक रुपमा सोच्नुपर्ने बताउनुभयो । उहाँले जनताको जीवनमा कष्टकरका समस्यालाई सञ्चार माध्यमले उजागर गर्नुपर्ने बताउनुभयो ।

जिल्ला दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक थापाले सवै सेयर सदस्यहरु क्रियाशिल भएमा सहकारीमा समस्या नहुने बताउनुभयो । उहाँले ऋण असुली नहुँदा सहकारीमा समस्या पैदा हुने गरेको बताउँदै सहकारी जोगाउनका लागि जनप्रतिनिधि र स्थानीय तहको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले स्थानीय तहसँग सहकार्य गर्दा मिडिया जोगिने बताउनुभयो । पछिल्लो समय मोफसलका मिडिया संचालनमा समस्या आएको बताउँदै सञ्चार माध्यम जोगाउन सवैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहसँग सहकार्य गरेपनि पत्रकारिताको धर्म भुल्न नहुनेमा जोड दिनुभयो । उहाँले सकरात्मक कामको प्रचार गर्दै नकरात्मक भएमा पत्रकारहरुले खबरदारी गर्नुपर्ने बताउनुभयो । अध्यक्ष थापाले पछिल्लाले समय जिल्लाका स्थानीय तह र सरकारी कार्यालयका सूचनाहरु बाहिर जाने गरेको बताउँदै स्थानीय सञ्चार माध्यमबाट प्रकाशन गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको थियो ।

गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य प्रबन्धक प्रसाद थापा र संचालन कोषाध्यक्ष टिकाराम शर्माले गर्नुभएको थियो ।

गुहेंली सञ्चार सहकारी संस्था लिमिटेडले २०७४ सालमा काठेखोला गाउँपालिकामा मुख्य कार्यालय स्थापना गरी जननिगरानी साप्ताहिक पत्रिका संचालन शुभारम्भ गरेको थियो । हाल बागलुङ बजारमा सेवा केन्द्र संचालन गरेको छ । सहकारीले पत्रिका सहित खबरवेडटकम अनलाईन र बचत तथा ऋणको कारोबार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com