बागलुङ, ३ असार। नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङस्थित कालीका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जेठ महिनाको आम्दानी–खर्च विवरण सार्वजनिक गरेको छ। समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको गुठी बैठकले आर्थिक विवरण सार्वजनिक गरेको हो।
गुठीका अनुसार जेठ महिनामा कालीका भगवती मन्दिरले कुल २८ लाख ८७ हजार १ सय २७ रुपैयाँ आम्दानी गरेको छ। त्यसमध्ये भक्तजनहरूले चढाएको भेटीबाट १७ लाख ५३ हजार ९ सय ३० रुपैयाँ, चामलबाट ४२ हजार ६ सय, बोकाको टाउको बिक्रीबाट ७७ हजार ७ सय ५०, कुखुराबाट ४ हजार ९ सय ५०, भाडामा दिइएका सटरबाट ३ लाख ९ हजार ५ सय ४०, विवाह कार्यबाट ५ हजार, आर्थिक सहयोगमार्फत १ लाख २५ हजार ८ सय ७, परेवा बिक्रीबाट ५ लाख ५० हजार ७ सय ५०, पण्डित सेवा शुल्कबाट १४ हजार ६ सय र राँगाबाट २ हजार २ सय रुपैयाँ आम्दानी भएको गुठीले जनाएको छ।
यस अवधिमा मन्दिर व्यवस्थापनले कुल १५ लाख ८१ हजार ८ सय ५० रुपैयाँ खर्च गरेको छ।










