बागलुङ ,३० असार । बागलुङ नगरपालिका पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।स्थानिय तहमा सुशासन सामाजिक उत्तरदायित्व जवाफदेहिता र पार्दर्शिताका लागि आर्थिक वर्ष २०८१/०८२को तेश्रो चौमासिकको पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम बागलुङ नगरपालिका र नेपाल पत्रकार महासंघ बागलुङको सहजिकरणमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका सचिव सचिन हरिजन , विशेष पराजुली , मेघराज पाठक , राजन शर्मा , महेन्द्र आचार्य , संस्कार गौतम , गोविन्द प्रसद कडेल ,भोलानाथ आचार्य बिरोश छेत्री , मनिषा कडेल तेजबहादुर कुवर ,निर्मल श्रेष्ठ ,थानेश्वत गौतम ,अखिलनाथ शर्मा टेक बहादुर आरसी लगाएतले प्रश्न गरेका थिए ।
उक्त कार्यक्रममा बागलुङका विद्यालयले शिक्षामा भ्रष्टाचार गरेका छनकि भन्दै अनुगमन र निरीक्षण गर्न सुझाव व्यक्त गरे । बागलुङका विद्यालयले एसईईमा चिट चोराउने र सामाजिक सञ्जालमा आफ्ना विद्यार्थीले पासभए भन्दै भर्ना अभियाना चलाएकोमा र विद्यालय नेता चलाएको र जनताको विद्यालय नभएकोमा प्रश्न गरेका थिए । बागलुङमा पोके व्यापारी बढेको र नगपालिकाले नियमन र अनुगमन गर्नपर्ने बताए ।
बागलुङ नगरपालिका १को खनियाघाटजाने र बानपा १०को दब्ल्याङको सडकको पहिरो कहिले समाधान हुन्छ र प्रादेशिक अस्पतालमा बालमैत्रीको अनुभुति नभएकाे र स्वास्थ्यकर्मीले विरामी प्रति देकाउने व्यवहार राम्रो नभएको बताए
उनीहरुले माझि वस्तीका नागरिकले पानि पिउन कठिनाई भएको भन्दै त्यसकाे सनाधान निकाल्न सुझाब दिए ।
बागलुङ नगरपालिका ४ दागवरा बसपार्क रहेको कहिले देखि हुन्छ भन्दै बसपार्क प्रश्न गरेका थिए ।उनीहरुले सहकारीमा नियगमन गर्ने निकाय चुप बस्दा सहकारी बिग्रने गरेको र आगामि दिनमा नियमन गरियोस र कुकुर होस्टल कहिले बन्छ र त्यसमा सार्वजनिक र व्यक्तिगत जग्गा गाजिएको छ त्यसकाे समाधान गर्न र अटोरेक्साले आफुखुसि भाडा लिने गरेका छन र भाडा निर्धारण गरेता पनि कागजमा सिमित रहेकाे भन्दै त्यस्को नियमन गर्न सुझाब दिए ।
अस्पतालमा टोकन सिस्टम ल्याएता पनि कर्मचारीले आफ्ना मान्छेको निम्तो निकालेका त्यस्को नियमन कस्ले गर्ने।बिद्युतको समस्याले गर्दा एआईमा समेत समस्या आएको छ यसमा सम्बन्धित निकायले ध्यानदिनु पर्ने हो कि ।राष्ट्रिय आयोजनाका सडक कहिके सम्म सम्पन्न हुन्छन । नगरका सडक कहिले मर्मत हुन्छन र सडकमा ठुला सवारी हिड्दा बाटो बिग्रने । खाने पानी कहिले सम्म घरघरमा कहिले पुग्छ नागरिकले आफ्ना भाडा कहिले सम्म लिएर धारामा लग्ने हो । जमप्रतिनिधीले चुनावि घोषणापत्रमा मात्र सिमित भयो । दोहोरो नागरिकता लिएका खण्डमा कार्वाहि भयो कि नाइ नागरिकता लिन जादा कुनै कमजोरि कर्मचारीले गर्छ अनि त्रुटि गरे नागरिकलाई वडा कार्यालयमा गएर सिफारिस बनाएर ल्याउ भन्दौ लाई दुख दिन्छन लगाएतका प्रश्न गरेका थिए ।
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्र् कँडेल द्वारा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेपाल पत्रकर महासघ बागलुङका सदस्य प्रकास बरालले टिप्पणी , महासंघका सदस्य अर्जुन कार्कीले सार्वजनिम सुनुवाईको आचार संहिता , सचिव नारायण रिजालद्वारा सन्तुष्टी सर्वेक्षण प्रस्तुत तथा गरेका थिए भने महासंघ बागलुङका उपाध्यक्ष सृजना पन्तको सहजिकरणमा सम्पन्न भएको थियो