Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

  • १२ महिना अगाडि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।

शनिवार वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले कठिन परिस्थिति र लामो सङ्घर्षपछि मुलुक शान्तिपूर्ण निकासमा पुगेको भन्दै संविधान, संसदीय प्रणाली र सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउन वर्तमान निर्वाचनलाई महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

उनले भने, “देशको असहज र भयपूर्ण अवस्थामा गरिएको कठिन प्रयासले संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम छ। छ महिनाभित्र निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएका छन्।”

राष्ट्रपति पौडेलले जनतालाई रिझाउँदै, आपसी सहमति र धैर्यका साथ निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सबै दल र पक्षलाई हार्दिक अपिल गरेका छन्।

यसअघि शुक्रवार राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्दै ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट दिएका थिए। प्रधानमन्त्री नियुक्त भएको केही बेरमै कार्कीले प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन्, जसलाई राष्ट्रपति पौडेलले सदर गर्दै फागुन २१ गते निर्वाचन मिति तोकेका हुन्।

तर, प्रतिनिधिसभा विघटनको निर्णयप्रति नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलले असहमति जनाउँदै निर्णय फिर्ता गर्न माग गरेका छन्। यसबिचमा राष्ट्रपति पौडेलले भने नयाँ परिस्थितिलाई स्वीकार गर्दै लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन निर्वाचन नै उत्तम विकल्प भएको स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com