Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

  • १२ महिना अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन्।

श्रेष्ठले आइतबार बिहान पार्टीका केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै नेतृत्वले निरन्तर गल्ती गर्दा पनि त्यसलाई कहिल्यै स्वीकार नगर्ने, आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमार्फत कमजोर पार्ने र पार्टीभन्दा नेतालाई माथि राख्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएकी छिन्।

उनले लेखेकी छन्, “गल्तीमाथि गल्ती गर्न सकिन्छ तर त्यसलाई स्वीकार नगर्ने र त्यसको बोझ सबैलाई बोक्न लगाउने प्रवृत्ति स्वीकार्य छैन। आलोचकहरूलाई सजाय दिने संस्कार र नेतालाई देशभन्दा माथि राख्ने प्रवृत्ति रहेकाले म पार्टी छाड्दैछु।”

श्रेष्ठले केही महिना अघि रास्वपाको सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। समानुपातिक प्रणालीमार्फत सांसद बनेकी उनी प्रचण्ड नेतृत्वको सरकारमा शिक्षामन्त्रीसमेत भएकी थिइन्।

यसबिचमा उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण कार्यक्रममा उपस्थित भएपछि मन्त्री बन्ने चर्चा चलेको थियो। तर, निकट स्रोतका अनुसार श्रेष्ठ अहिले कुनै पार्टीमा जाने वा सरकारमा प्रवेश गर्ने तयारीमा छैनन्। उनी बाहिरैबाट सरकारलाई सहयोग गर्ने मनसायमा रहेको बुझिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले भने, सुमनाको राजीनामाबारे ग्रुपमा जानकारी पाएको तर पार्टीमा आधिकारिक पत्र भने अहिलेसम्म प्राप्त नभएको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com