Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि

  • नेपाल सञ्चार
  • १२ महिना अगाडि

बागलुङ २९ भदौ । लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि रहेको धौलागिरी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालमा आर्थिक वर्ष ०७९/०८०मा १०६ जना हिंसा पीडित महिलाको उपचार गरिएको छ । जसमध्ये २८ जना बलात्कारमा परेका थिए । १० जना शारिरीक र ४० जना मानसिक रुपमा विक्षिप्त रहेका थिए ।

आर्थिक वर्ष ०८०/०८१मा पनि १०६ जना हिंसा पीडित महिलाको अस्पतालमा उपचार भएको छ । जसमध्ये ११ जना बलात्कार, १८ जना शारिरीक र ५५ जनाको मानसिक स्वास्थ्य सम्बन्धी उपचार गरिएको छ ।आर्थिक वर्ष ०८१/०८२मा ७६ जना महिलाको उपचार गरिएको छ । जसमध्ये १९ जना बलात्कार, ३४ जना शारिरीक र १५ जना मानसिक रुपमा विक्षिप्त भएका महिला थिए । महिलाको मात्र होइन् अस्पतालमा उपचारका लागि आउने हिंसामा परेका पुरुषको संख्या पनि उल्लेख्य छ । ०७९/८० मा १६ जना, ८०/०८१मा १६ र ०८१÷०८२ मा १२ जना हिंसा पीडित पुरुषको उपचार गरिएको छ ।

उमेरसमूह अनुसार सबैभन्दा बढी हिंसामा पर्ने १९ देखि ४९ वर्षसम्मको समुह रहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङको अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन देवी भट्टराईले बताउनु भयो । आर्थिक वर्ष ०७९/८०मा १४ वर्षसम्मका १६ जना, १५ देखि १८ वर्षसम्मका २३ जना, १९ देखि ४९ वर्षसम्मका ७६ जना, ५० देखि ६० वर्षसम्मका ५ र ६० वर्ष माथिका २ जना हिंसा पीडितले अस्पतालबाट सेवा लिएका छन् ।

०८०÷०८१मा १४ वर्षसम्मका ९ जना, १५ देखि १८ वर्षसम्मका १७ जना, १९देखि ४९ वर्षसम्मका ८१ जना ५० देखि ६० वर्षसम्मका ८ जना र ६० वर्षमाथिका ७ जनाको उपचार गरिएको छ । आर्थिक वर्ष ०८१÷०८२मा १४ वर्षसम्मका ८ जना, १५ देखि १८ वर्षसम्मका ११ जना, १९ देखि ४९ वर्षसम्मका ५६ जना, ५० देखि ६० वर्षसम्मका ७ जना र ६० वर्षमाथिका ३ जना हिंसा पीडितको उपचार गरिएको छ । जातिगत रुपमा हेर्दा सबैभन्दा धेरै हिंसा दलित समुदायका महिलामाथी भएको देखिन्छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसा पीडित र प्रभावितका लागि निशुल्क स्वास्थ्य उपचार र परामर्श सेवा प्रदान हुँदै आएको भन्दै उहाँले यहाँबाट निशुल्क सेवा प्रदान हुन्छ भन्ने बारेमा आम नागरिकमा जानकारी नहुँदा धेरै पीडितहरु सेवा प्राप्त गर्नबाट छुटेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

फ्युचर ब्राइटरको ३७ औँ वार्षिकोत्सब सम्पन्न

संविधान दिवसको अवसरमा विद्यार्थीलाई खेलकुद र शैक्षिक सामाग्री वितरण

लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि

कैदीबन्दी भाग्न खोजेपछि सुरक्षा व्यवस्था कडाई

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने पक्राउ

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com