Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आठौं बागलुङ महोत्सवको अवसरमा ‘न्यू एयर इभ’

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि

बागलुङ, १६ पुस । आठौँ बागलुङ महोत्सवमा बुधबार अङ्ग्रेजी नयाँ वर्ष विशेष साङ्गीतिक उत्सव आयोजना गरिएको छ । ‘न्यू एयर इभ’को स्वागतसहित साङ्गीतिक ब्याण्ड फिरन्ते र रक हेड्सले प्रस्तुति दिने महोत्सव मूल आयोजक समितिका संयोजक एवं बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । लाइभ डिजे कन्सर्टसहित गायक सम्भोज मल्ल पनि प्रस्तुत हुनेछन् । विशेष कार्यक्रमसहित अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गरिने मेलाका संयोजक शाक्यले बताए ।

नयाँ वर्षको कार्यक्रमका लागि छुट्टै टिकटको व्यवस्था गरिएको छ । यही पुस ११ गतेदेखि सुरु भएको बागलुङ महोत्सव आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहेको अध्यक्ष शाक्यले बताउनुभयो ।

आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको संघका निवर्तमान अध्यक्ष  एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताउनुभयो  ।

महोत्सवको प्रतिटिकटबाट रू. दस मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने भएको छ । टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासङ्घ, बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने जनाइएको छ ।

महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ । महोत्सवमा रू. दुई करोड २० लाख आम्दानी हुने र रू. एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवमा दुई सय बढी व्यावसायिक ‘स्टल’ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com