Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धवलागिरि बहुमुखी क्याम्पसले ६३औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईयो

  • नेपाल सञ्चार
  • ३ महिना अगाडि

बागलुङ, ९ माघ । धवलागिरि बहुमुखी क्याम्पसले आफ्नो ६३औँ वार्षिकोत्सव मनाएको छ । साप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईएको हो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले वार्षिकोत्सवको उद्धाटन गरेका हुन् । उद्धाटन पछि बोल्दै उनले त्रिभुवन विश्वविद्यालयलाई प्रशासनिक संरचनालाई विकेन्द्रित गरिने बताए । उनले पृथ्वीनारायण क्याम्पसलाई त्रिवि गण्डकी प्रदेशस्तरीय च्याप्टरका रुपमा विकास गर्न लागिएको बताए ।

उपकुलपति प्राडा अर्यालले शिक्षक र कर्मचारी नियुक्तीमा देखिँदै समस्या समाधानका लागि समयमा विज्ञापन गरिने उल्लेख गरे । उनले त्रिवि सुधारका लागि आफूले योजना बनाएर काम सुरु गरेको बताए ।

वार्षिकोत्सव समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु अध्यक्ष सुदिप सागर कँडेल , धौलागिरि बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु अध्यक्ष आश्मिन शेख लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीसहित वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रममा विजयी बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

गत शुक्रबारदेखि सुरु भएको वार्षिकोत्सव सप्ताह अन्तर्गत पहिलो दिन पत्रकार भेटघाट, प्राध्यापक, कर्मचारी, स्ववियु र पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल, स्वास्थ्य शिविरलगायतका कार्यक्रम आयोजना गरिएको थियो । त्यसयता विद्यार्थी, प्राध्यापक, कर्मचारी, पत्रकारलगायत बीचमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो ।

उक्त अवधिमा भलिबल, क्रिकेट, ब्याडमिन्टन, वादविवाद, म्याराथन लगायत विभिन्न खेलुकद प्रतियोगिता सहित शैक्षिक बहस कार्यक्रमकसमेत आयोजना गरिएको थियो ।

धवलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा दिन बहादुर थापाको अध्यक्षता, सहायक क्याम्पस प्रमुख हरि प्रसाद पाण्डेयको स्वागत र सहायक क्याम्पस प्रमुख डिल्लीराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com