Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दादुरा नियन्त्रणका लागि खोप अभियान

  • नेपाल सञ्चार
  • १ महिना अगाडि

बागलुङ, २८ फागुन। ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका लागि खोप अभियान थालिएको छ ।
ढोरपाटनको विकट गाउँमा महामारीको रुपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका ६ हजार ७६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाउने तयारी थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ जनाएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ मा दादुरा रोगका शंकास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ । सात जना बालबालिका अझै उपचाररत रहेका छन् । दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन तयार गरेर उपचार भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै वडाका १० देखी १९ बर्ष उमेर समुहका किशोर किशोरीलाई दादुराको खोप प्रदान गर्न लागिएको छ ।
यस्तै उपचारमा संलग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुरा बिरुद्धको खोप लगाउने तयारी थालिएको छ ।

खोप अभियानका लागि ढोरपाटन नगरपालिकाका ९ वटै वडामा फागुन २९ देखी चैत्र १ गते सम्म सञ्चालन गरिने छ । जस्का लागि अपुग स्वास्थ्यकर्मी छिमेकी गाउँपालिका बडिगाड र निसीखोलाबाट समेत झिकाइएको छ । अभियानमा महिला सवास्थ्य स्वयंसेविकाले समेत सघाउनेछ । स्वास्थ्य संकटग्रस्तका रुपमा लिएर संक्रमितको खोजतलास र उपचार संगै दादुरा नियन्त्रणका लागि खोप लगाउने तयारी गरिएको हो ।

फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टी भएको थियो । त्यस यता थप पाँच जनामा संक्रमण पुष्टी भएपनि अन्यलाई लक्ष्यण देखिएकाले नियन्त्रण योजना ल्याइएको हो ।

बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीको आइसोलेसनमा उपचार गरिएको छ । हावाबाट सर्ने दादुराको संक्रमणबाट मानविय क्षती हुन नदिन र समयमै उपचार गराउनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप पठाएको छ । बुर्तिबाङ अस्पतालमा ३० वटा बेड, औषधी र आवश्यक सामग्री स्वास्थ्यमन्त्रालय गण्डकी प्रदेशसले व्यवस्थापन गरी पठाएको थियो ।

गाउँगाउँमै पुगेर नमुना संकलन, परिक्षण र संकास्पदलाई अस्पतालमै राखेर उपचार सुरु गरेका कारण छिट्टै नियन्त्रण गर्न सकिने अपेक्षा राखिएको छ । अधिकांश बिरामीलाई ज्वरो, खोकी र शरीरमा बिबिरा आउने गरेको पाइएको छ । नेपाल सरकारले सन् २०२६ भित्रै दादुरा रुबेलालाई ‘जनस्वास्थ्य समस्या नरहेको बनाउने’ अभियानलाई ढोरपाटनमा जोडेको हो ।
बागलुङ जिल्लामा सन् २०२२ मा गलकोट नगरपालिकामा १ जनालाई दादुरा संक्रमण देखिएको थियो । सन् २०२४ मा निसीखोला गाउँपालिकामा १ जनामा संक्रमण देखिएको थियो ।

दादुरा संक्रमण नियन्त्रणका लागि खोपनै सबैभन्दा उत्तम उपाए भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समुहका सबै बालबालिकालाई तत्काल खोप लगाउन थालिएको हो ।

स्वास्थ्यकर्मीका अनुसार दादुरा लागेमा उच्च ज्वरो आउने, खोकी लाग्ने, नाक बग्ने, आँखा रातो हुने तथा शरीरभरि रातो दाना देखिने लक्षण देखा पर्छन् । समयमै उपचार नगरेमा निमोनियालगायत जटिल समस्या पनि देखिन सक्ने भएकाले लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com