बागलुङ,३० फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २५ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम बागलुङलाई सहयोग गरेको छ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको आयोजनामा तथा प्रतिष्ठानको जिल्ला कार्यसमिति बागलुङ र म्याग्दीको सह–आयोजनामा शुक्रबार मानव सेवा आश्रम बागलुङलाई खाद्यन्न तथा सरसफाई लगायतका अत्यावश्यक समाग्री वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङका अध्यक्ष सरस्वती खड्का परियारले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका गण्डकी प्रदेशका संरक्षक चोलेन्द्र पौडेलले सामाजिक क्षेत्रमा समेत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ध्यान दिएको बताउनुभयो ।
उहाँले कलाकारको काम गित मात्रै गाउने नभएर सामाजिक हिसाबमा समेत सक्रिय रहन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष माया गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागलुङका अध्यक्ष सरस्वती खड्का परियारले मन्तव्य व्यक्त गर्दै मानवीय सेवामा कलाकारहरु समेत लाग्न आवश्यक रहेको जनाएका थिए ।
दिवसको अवसरमा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाद्यन्न तथा अन्य आवश्यक सरसफाईका सामग्री वितरण गरिएको थियो । दाल, चाउचाउ, फुरनदाना, टिस्यु पेपर, हार्पिक लगायतका आश्रमको सरसफाईका लागिअ ावश्यक सामाग्री प्रदान गरिएको थियो ।
कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रामजी पौडेलको स्वागत, माया गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेश सचिव कृष्णा सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।












