Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपाल टेलिभिजन व्यावसायिक र प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री शर्मा

  • ३ वर्ष अगाडि

काठमाडौँ, १७ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन( एनटिभी) ले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अनगिन्ती टेलिभिजनको भीड बीच आफूलाई अब्बल बनाउनुपर्ने बताउनुभयो ।

“अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलता, नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्र र बाहिरका अनगिन्ती टेलिभिजन च्यानलका बीच आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने चुनौती रहेको छ”, सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “यसका लागि व्यावसायिक सोच र जनशक्ति अधिकतम् सदुपयोग र परिचालन गर्ने तथा व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ ।”

आगामी दिनका लागि यस टेलिभिजनले गहिरो अध्ययन गरी आम जनताले महसुस गर्ने खालका योजना तय गरोस् भन्दै उहाँले त्यसलाई लक्ष्यअनुरुप सम्पन्न गर्न सम्पूर्ण साधन स्रोतको सही ढङ्गले सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन, बहुलता, विविधता र सामाजिक न्यायको स्थापना जस्ता विषयलाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाल टेलिभिजनले आफ्ना प्रसारणका विषयवस्तु, प्रस्तुति, प्रविधि र पुहँचमा थप विस्तार र सुधार गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

देशको कला, साहित्य, संस्कृति, सामाजिक समावेशीता, विपन्न एवं अल्पसङ्ख्यक लगायत सबै वर्ग र क्षेत्रका आवाजलाई स्थान दिँदै उहाँले टेलिभिजनले शिक्षा र जनचेतना प्रवाह गरी राज्यबाट भएका सकारात्मक पहललाई नेपाली नागरिक समक्ष पु¥याउने गरेको छ भन्नुभयो । “यतिमात्र होइन प्राकृतिक प्रकोप, महामारी जस्ता विषय, परिस्थिति र उच्च जोखिमका बीचमा पनि आधिकारिक सूचना आफ्ना दर्शकलाई दिइरहेको छ । यसका निमित्त नेपाल टेलिभिजन धन्यवादको पात्र छ”, उहाँले भन्नुभयो ।

मुलुकको टेलिभिजन तथा प्रसारण पत्रकारितामा नेपाल टेलिभिजनको स्थान विशिष्ट रहँदै आएको जनाउँदै उहाँले श्रव्यदृश्य प्रसारणको तीन दशक पार गरिसकेको यस टेलिभिजनले यस अवधिमा प्रविधि र प्रसारण क्षमतामा सुधार र विकास गरेको बताउनुभयो । नेपाल टेलिभिजनले राज्यको विश्वसनीय र आधिकारिक सूचना स्रोतका रुपमा रही नेपालको जातीय, भाषिक, सांस्कृतिक र प्राकृतिक विविधताको प्रवद्र्धन एवं राष्ट्र हितको सम्वद्र्धनमा यसले महत्वपूर्ण योगदान गरेको उहाँको भनाइ छ ।

“देशमा भएका महत्वपूर्ण घटनाहरु, राजनीतिक परिवर्तनलाई संस्थागत गर्न राष्ट्रिय प्रसारकरका रुपमा समेत यसले अहम् भूमिका खेलेको छ”, उहाँले भन्नुभयो । यसको विकास र क्षमता अभिवृद्धि तथा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासका लागि मन्त्रालय सदैव सकारात्मक रहेको जनाउँदै उहाँले संस्थाको श्रीवृद्धिका लागि सम्पूर्ण कर्मचारी इमान्दार र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । “सबैको इमान्दार प्रयासले टेलिभिजनलाई अझ उच्च स्थानमा लैजान सफल हुनेछौँ”, मन्त्री शर्माले भन्नुभयो ।

कार्यक्रममा मन्त्री शर्माले वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । वार्षिकोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । २०४२ साल माघ १७ गतेदेखि नेपाल टेलिभिजनले प्रसारण आरम्भ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com