Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जापान सरकारले, विदेशीको “व्यवसाय भिसा” को मापदण्ड कडाइका साथ संशोधन, पूँजी रकम ५००मान येन बाट ३००० मान येन

  • २ महिना अगाडि

टोकियो, जापान । जापानमा व्यवसाय सुरु गर्न चाहने विदेशीहरूका लागि दिइने “व्यवसाय/व्यवस्थापन (経営・管理) भिसा” को मापदण्ड सरकारको निर्णय अनुसार कडाइको साथ संशोधन गरिने भएको छ। अबको नियमअनुसार पूँजी रकमको आवश्यकताअघि ५०० मान येन  (करिब ५० लाख येन) बाट बढाएर ३००० मान येन  (करिब ३ करोड येन) मा पुर्‍याइनेछ। साथै, व्यवसायीको कार्य अनुभव वा शैक्षिक योग्यता सम्बन्धी नयाँ शर्त पनि थपिनेछ। यसले अनुचित तरिकाले भिसा प्राप्त गर्न खोज्ने गतिविधिहरूलाई नियन्त्रण गर्ने उद्देश्य राखेको  छ।

जापानको  इमिग्रेशन विभागले पब्लिक कमेन्ट (सार्वजनिक सुझाव) प्राप्त गरी, अक्टोबर महिनासम्ममा नियम संशोधन गर्ने लक्ष्य राखेको छ।

हाल, “व्यवसाय भिसा” प्राप्त गर्न जापानमा व्यवसायिक कार्यालय खोल्नुका साथै ५००मान येन  भन्दा बढी पूँजी रकम वा २ जना स्थायी कर्मचारी नियुक्त गर्ने शर्तमध्ये कुनै एक पूरा गर्नु पर्याप्त छ। यस भिसामा अधिकतम ५ वर्षसम्म बस्न पाउने व्यवस्था छ।

तर अब नयाँ नियमअनुसार, पूँजी रकमलाई ६ गुणा बढाएर कम्तीमा ३०००मान येन अनिवार्य गरिनेछ, साथै कम्तीमा १ जना स्थायी कर्मचारी नियुक्ति समेत अनिवार्य हुनेछ।

यसका साथै, व्यवसायीका लागि नयाँ योग्यता पनि तोकिनेछ —

  • कम्तीमा ३ वर्षको व्यवसाय/व्यवस्थापन अनुभव, वा
  • व्यवस्थापनसम्बन्धी मास्टर डिग्री वा सो सरहको शैक्षिक योग्यता।

यसैगरी, भिसा प्रदान गर्दा सार्वजनिक लेखापाल (公認会計士) वा साना/मझौला उद्योग सल्लाहकार (中小企業診断士) द्वारा नयाँ व्यवसाय योजना अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ।

२०२४ मा व्यवसाय भिसा प्राप्त विदेशी करिब ४१,००० जना पुगेका छन्, जुन ५ वर्ष अघिको तुलनामा ५०% बढी हो। तर, कागजी कम्पनी बनाएर वास्तविक व्यवसाय नगरी बसाइ लम्ब्याउने विदेशीहरू बढेको भन्दै संसदमा “जापानमा सजिलै स्थायी बसोबासको बाटो” बनेको आलोचना भइरहेका छन्।

इमिग्रेशन विभागका अनुसार, अन्य मुलुकमा चाहिने पूँजी रकम जापानभन्दा धेरै छ। उदाहरणका लागि —

  • दक्षिण कोरियामा करिब ३२ मिलियन जापानी येन  (करिब ३२००मान येन)
  • अमेरिकामा १०मान〜२० मान डलर (करिब १५००〜३०००मान येन)जापानको शर्त तुलनात्मक रूपमा ढिलो कडाइ भएको बताइन्छ।

२०१४ मा पुरानो “投資・経営 (लगानी/व्यवसाय)” भिसालाई “経営・管理 (व्यवसाय/व्यवस्थापन)” मा परिवर्तन गरिएको थियो। यसले विदेशीलाई जापानमा उद्यमशीलता बढाउन, अर्थतन्त्रलाई सक्रिय बनाउन र प्रविधि/सेवामा विविधता ल्याउन उद्देश्य राखेको थियो।

तर नयाँ कडाइले अवैध बसाइलाई रोक्ने भए पनि, जापानमै व्यवसाय सुरु गर्ने इच्छा भएका विदेशी उद्यमीहरूका लागि ठूलो चुनौती बन्न सक्ने सम्भावना छ।

यस्तै, विशेषज्ञहरूको छलफलमा “पूँजी रकम धेरै बढाउँदा गम्भीर रूपमा व्यवसाय गर्ने इच्छुक व्यक्तिहरू पनि बाहिरिन सक्ने” टिप्पणी आएको छ। अन्य तर्फ, “भिसा नवीकरणका बेला बढी कडाइका साथ व्यवसायिक अवस्था जाँच गर्नुपर्छ” भन्ने सुझाव पनि आएको छ।

इमिग्रेशन विभागले अब व्यवसायको वास्तविक अवस्था बुझ्ने काम थप सुदृढ गर्ने जनाएको छ। तर, विभागका उच्च अधिकारीका अनुसार, “सबै कम्पनीलाई प्रत्यक्ष जाँच गर्ने मानव संसाधन पर्याप्त छैन”, अहिले भने कागजातमा शंका लाग्दा मात्र स्थल निरीक्षण गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

जापान सरकारले, विदेशीको “व्यवसाय भिसा” को मापदण्ड कडाइका साथ संशोधन, पूँजी रकम ५००मान येन बाट ३००० मान येन

क्युशुमा बागलुङ समाज जापानद्वारा हरितालिका तीज विशेष कार्यक्रम हुने

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

रास्वपाको प्रथम स्थापना दिवस जापानमा सम्पन्न

करलिम कल्याण कोषको वेवसाईट शुभारम्भ

ताजा समाचार

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न
अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न
डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू
डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू
नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा
नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा
बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने
बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने
निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ
निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

ट्रेन्डिङ

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने

निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com