Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

  • नेपल सञ्चार
  • ५ महिना अगाडि

बागलुङ, १३ मंसिर । नेकपा एमाले बागलुङले आगामी मंसिर २७ गते देखि २९ गते सम्म हुने ११ औं महाधिवेशनका लागि बागलुङले सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ ।

बागलुङको सङ्घीय निर्वाचन क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ४ जना र दलित कलष्टरबाट १ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको हो ।

राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने ६ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले नाम दर्ता गर्नुभएको थियो । आकाङ्क्षीहरु सवच दुई दिनसम्म सर्वसम्मत हुन नसकेपछि शुक्रबार नेतृत्वलाई जिम्मा दिइएको थियो ।

नेतृत्वले क्षेत्र नम्बर १ मा खुल्लातर्फ ३ जनामा जिल्ला अध्यक्ष हिराबहादुर केसी, जिल्ला सचिव गणेश थापा र प्रदेश सदस्य लाल बहादुर थापा, महिलातर्फ २ जनामा ममतादेवी शर्मा र सरस्वती खड्का परियार, युवातर्फ १ जनामा सिर्जना पन्तलाई सर्वसम्मत छनोट गरेको हो । केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिराबहादुर खत्री र क्षेत्रिय संयोजक धनबहादुर परियार रहेको समितिले प्रतिनिधिको नाम टुङ्गो लगाएको हो ।

यस्तै, बागलुङ क्षेत्र नं. २ तर्फ खुल्लातर्फ भीमप्रसाद शेरचन ‘सुनिल’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दानबहादुर श्रीस बिहीबार नै सर्वसम्मत रुपमा चयन हुनुभएको छ । चार जना महाधिवेशन प्रतिनिधिका लागि १३ जनाले आवेदन दिए पनि सोही दिन सर्वसम्मत प्रतिनिधि छनोट गरिएको थियो । दलित कलष्टरबाट जिल्ला सहसचिव धनबहादुर परियार सर्वसम्मत प्रतिनिधि छनोट हुनुभएको छ ।

तश्विर :खबरवेबाट साभार

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

बागलुङले पायो दुई मन्त्री

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com