Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम

  • २ दिन अगाडि

बागलुङ, १३ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले धौलागिरि अस्पताल बागलङको निरीक्षण गर्नुभएको छ ।

मंगलबार अस्पतालको निरीक्षण गर्ने क्रममा उहाँले धौलागिरि अस्पतालले ल्याएका नयाँ काम र सोच अन्य अस्पतालमा समेत लागु गर्नुपर्ने बताउँनुभयो । उहाँले गण्डकी प्रदेशमै नवीनतम मोडलमा धौलागिरि अस्पताल चलेको स्थलगत निरीक्षणका क्रममा पाइएको बताउँनुभयो ।

धौलागिरि अस्पतालको अवलोकनपछि मन्त्री गौतमले मनोरोगको चिकित्सक पठाउन पहल गर्ने साथै नर्सिङ अध्ययनका लागि आफूले नीतिगतरुपमा अस्पताललाई सघाउने प्रतिवद्धता पनि जनाउँनुभयो ।

मन्त्री गौतमले अस्पतालको विभिन्न विभागको अवलोकन पनि गर्नुभएको थियो ।

मन्त्री गौतमले नागरिकको स्वास्थ्य उपचारलाई सर्वसुलभ बनाउनका लागि स्वास्थ्य बिमालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमाले नागरिकलाई सहज प्रदान गरेपनी यसको चरम दुरुपयोग समेत भएको बताउनुभयो ।

सरकारले धेरै प्रकारका औषधी निःशुल्क दिएपनी अनावश्यक रुपमा बिमाको प्रयोग गर्दा आर्थिक व्यवस्थापनमा समेत समस्या भएको बताउँनुभयो । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको जानकारी समेत गौतमले दिनुभएको थियो । बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीनवटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, धौलागिरी प्रदेश अस्पताल बागलुङका अध्यक्ष श्री प्रसाद शर्मा, अस्पतालका प्रमुख किरण तिवारीले अस्पतालको जनशक्ति, उपकरण, लगायतका समस्याको विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यालयले प्रदान गरेको सेवा र समस्याको बारेमा धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी, जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा र धौलागिरि आर्युवेद अस्पताल बागलुङका प्रमुख डा. शरद पन्थीले प्रस्ततिकरण प्रस्तुत गर्नुभएको थियो ।

धौलागिरि अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा किरण तिवारीको स्वागत मन्तव्य तथा धौलागिरि अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न

नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा

धवलागिरि बहुमुखी क्याम्पसले ६३औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईयो

ताजा समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण
प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण
नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न
नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न
एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन
एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन
धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न
धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न
नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम
नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम

ट्रेन्डिङ

एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न

आज श्रीपञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

फ्युचर ब्राइटरको ३७ औँ वार्षिकोत्सब सम्पन्न

बागलुङमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुदैँ

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com