Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न

  • २३ घण्टा अगाडि

बागलुङ, १४ माघ । धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारी पदभार ग्रहण सम्पन्न भएको छ ।

धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष तेजबहादुर कुवँर सहित सदस्यहरूमा पार्वती खड्का अधिकारी र संञ्जिप कँडेलले बुधबार पदभार ग्रहण गरेका हुन्।

गण्डकी प्रदेश सरकारद्वारा हालै अध्यक्षमा नियुक्त कुवँरले आगामी तीन वर्षका लागि समितिको नेतृत्व सम्हाल्ने भएका हुन्। उनले अस्पतालको स्तरवृद्धि तथा व्यवस्थापन सुधारमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष कुवँरले अस्पताललाई एक सेवादायी संस्थाका रूपमा विकास गर्न आफूले सक्दो प्रयास गर्ने बताए।
पदभार कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले आयुर्वेद अस्पताललाई सुदृढ बनाउने कार्यमा प्रदेश सरकारले मुख्य भूमिका खेलेको उल्लेख गरे।

उनले विश्वव्यापी रूपमा बढ्दै गएको आयुर्वेद उपचारको महत्वलाई आधुनिक चिकित्सा प्रणालीसँगै अघि बढाउनुपर्ने बताए।

कार्यक्रमका अतिथि गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्रबहादुर थापाले जिल्लामा पाइने जडिबुटीको पहिचान, संकलन, व्यवस्थापन तथा प्रशोधनमा विशेष ध्यान दिनुपर्ने बताए। यसले अस्पताललाई आम्दानीसँग जोड्ने भएकाले सुदृढीकरणमा समेत सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ तथा धौलागिरि प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र नगरपालिका पदेन सदस्य रहने समितिमा अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था छ।

धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा शरद पन्थीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन अस्पतालका डा कमलविक्रम पौडेलले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न

नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा

धवलागिरि बहुमुखी क्याम्पसले ६३औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईयो

ताजा समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण
प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण
नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न
नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न
एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन
एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन
धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न
धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न
नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम
नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम

ट्रेन्डिङ

एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न

आज श्रीपञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

फ्युचर ब्राइटरको ३७ औँ वार्षिकोत्सब सम्पन्न

बागलुङमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुदैँ

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com