Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गैडाकोटका पहाडी एवं ग्रामिण क्षेत्र उज्यालो भएका छन्ः नगरप्रमुख पौडेल

  • ६ वर्ष अगाडि

गण्डकी प्रदेशको एक महत्वपूर्ण नगरपालिका हो पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका, समथर भुभाग र पहाडी भुभाग समेटिएको यस नगरपालिका पूर्व पश्चिम राजमार्गको मध्य भागमा पर्दछ । बागमती प्रदेशको व्यापारिक केन्द्र भरतपुरसँग जोडिएको यस नगरपालिका कृषि उत्पादन, पर्यटनका दृष्टिकोणले महत्वपूर्ण नगरपालिका मानिन्छ । यसै सन्दर्भमा नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलसँग ज्ञानु पंगेनीले गर्नुभएको कुराकानी गाेरखापत्र दैनिकबाट साभार गरेर प्रकाशन गरेका छौ ।

स्थानीय तह गठन भएको तीन वर्ष पुरा भएको छ, तपाईको नेतृत्वमा नगरपालिकाले सम्झन योग्य के काम गर्याे ?
– हामीले समृद्ध नगर निर्माणका लागि धेरै योजनाहरु बनाएका छौं, ति मध्य नगरपालिकाले गरेको महत्वपूर्ण काम भनेको विद्युतीकरण हो । नगरको पहाडी एवं ग्रामिण क्षेत्रका विद्युत नपुगेका ठाउँ अहिले उज्यालो भएका छन् । यो एउटा हाम्रो मुख्य उपलब्धी हो । हामी देशलाई कृषि प्रधान देश भन्छौ तर कृषिबाटै धेरै मानिस आत्मनिर्भर र आकर्षित हुन सकेका थिएनन् । हामीले भुमिगत सिँचाईको काम ग¥यौं, जसका कारण कृषिमा धेरैको आकर्षण बढेको छ । हामीले धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र, पहाडी क्षेत्रमा बाख्रा पालन पकेट क्षेत्र र फलफूल जोनका रुपमा अगाडी बढाउने काम ग¥यौ जसको फलस्वरुप अहिले कागती र फलफूलका विरुवाहरु हुर्किएका छन् । कृषि क्षेत्रमा नगरवासीहरु व्यवसायीक रुपमै लागेका छन् । मलाई लाग्छ समग्र रुपमा कृषि उपजमा सबैभन्दा धेरै हामिले सम्झन योग्य काम गर्याै ।

निर्वाचन अगाडि बाचा गरेका प्रतिबद्धताहरु कति पुरा भए ?
– निर्वाचनका बेला हामीले मुख्य तीन वटा योजना अगाडि सारेका थियौं । पहिलो ‘कालीगण्डकीको पानी गैंडाकोटको लगानी’ यो महत्वकांक्षी योजना थियो । यो संघीय सरकारले अगाडि बढाउनुपथ्र्यो तर, धार्मिक पर्यटकीय क्षेत्र भएको कारण देवघाट क्षेत्र विकास समितिले धार्मिक क्षेत्रमा असर पर्ने हुँदा कालीगण्डकी नदीको डाइभर्सन गर्न हुँदैन भन्ने उठान गरेका कारण त्यो योजना अगाडी बढ्न सकेन । दोश्रो मौलाकाली मन्दिरमा केवलकारको कुरा गरेका थियौ । यो अहिले कोरोना सङ्क्रमणका कारण मात्रै रोकिएको छ । प्राविधिक क्षेत्रबाट अन्तिम चरणमा पुगेको छ । कोभिडको प्रकोपको न्युनिकरण सँगसँगै यसको कार्यक्रम अगाडी बढ्छ । तेश्रो नारायणी नदीको तटीय क्षेत्रबाट बैकल्पिक राजमार्गको रुपमा अगाडी बढ्नपर्छ भन्ने सन्दर्भमा हामीले योजना तहमा कार्यक्रम अगाडी बढाएका थियौँ, त्यसलाई सरकारले महत्व दिएको छ । पितौजीलाई नगर अस्पताल बनाउने योजना नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भई सकेकाले छिट्टै काम हुँदैछ ।

नगरपालिकाले ‘समृद्ध नगर’ निर्माणका लागि कस्ता दीर्घकालिन योजनाहरु अगाडि बढाएको छ ?
– अहिले नगरपालिकामा आउने सेवाग्राहीले छिटोछरितो सेवा पाउन भन्ने उद्देश्यअनुसार कर्मचारीलाई निर्देशन गरिएको छ । नेपाल विश्वविद्यालय स्थापना गर्ने योजना सहित धेरै पटक छलफल समेत भएको छ । संघीय सरकारले स्वीकृत गरेपश्चात हामीले विश्वविद्यालय स्थापना गर्नेछौ । गैंडाकोट दुध पकेट क्षेत्रका रुपमा नेपालमै चिनिएको छ, धान, मकै र फलफूलको पकेट क्षेत्रका रुपमा यहाँ कृषिका काम भएका छन् । अब कृषि पर्यटनका रुपमा गैडाकोटलाई चिनाउने योजनामा छौ । एक सामुदायीक बन एक जलाधार क्षेत्र, एक वाड एक बाल उद्यान, नगरपालिकाका सबै छ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुरुवात भएको छ । नगर भित्र पर्ने मणीमुकुन्दसेन दरबार र शिख्रौली कैलाश सन्यास आश्रमको पुरातत्व विभागले त्यहाँको उत्खनन् सहित निर्माण अगाडि बढाउने गरि बजेट बिनियोजन गरेको छ । मौलाकाली मन्दिर र कैलाश सन्यास आश्रमलाई जोड्ने गरि करिडोर निर्माण गर्ने योजना नगरको छ ।

कोरोना भाइरस कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारमा नगरपालिकाले कस्ता काम गर्न सक्यो ?
– विषेशगरी कोरोना सङ्क्रमण नियन्त्रणमा परामर्श महत्वपूर्ण हो । हामीले नगरवासीलाई स्वस्थ्य रहेमा र स्वास्थ्य सर्तकता अपनाएमा कोरोनालाई जित्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भयौ । जसको फलस्वरुप गैंडाकोटवासीले सामुदायीक तथा व्यक्तिगत सरसफाईमा ध्यान दिएका छन् । १५ शैयाको आइसोलेशन कक्ष स्थापना गर्ने काम अगाडि बढेको छ । होम आइसोलेशनमा रहेका सङ्क्रमितको नियमित निगरानी, सङ्क्रमितले पाउनुपर्ने स्वास्थ्य उपचारलगायतका कुरालाई प्राथमिकतमा राखेर काम गरिरहेका छौ ।

समृद्ध नगर निर्माणमा संघ, प्रदेश सरकारबाट कत्तिको साथ र सहयोग पाउँनुभएको छ ?
– अहिलेसम्म गैंडाकोटमा गौरबका ठूला आयोजना परेका छैनन् । तथापी अगामी दिनमा हामीले बनाउँने योजनामा संघ र प्रदेश सरकारको पूर्ण साथ हुनेछ भन्ने विश्वास लिएको छु । केही ठूला योजनाको डिपिआर तयार गरेर संघ र प्रदेशमा पेश गर्ने तयारीमा छौ ।

सुशासनका क्षेत्रमा के कस्ता कदमहरु चाल्नुभएको छ ?
– हामी जुन योजना र कार्यक्रम अगाडि बढाएका छौ ति योजना र कार्यक्रम सुरुआत भईसकेपश्चात ती सबैको बारेमा नागरिक समाजका बीचमा जानकारी गराउँछौ । नागरिकले नगरका सबै योजना र कार्यक्रम के भईरहेको छ ? बजेट कति हो ? भन्ने बारे जानकारी गराउनुपर्छ भनेरै हामीले नागरिक समाजको बीचमा छलफल र अन्तरक्रिया गरेर जानकारी दिने गरेका छौ । कार्यपालिकाको बैठक तथा विभिन्न अन्तरक्रियालाई भिडियो बाटै प्रत्यक्ष प्रशारण गर्ने गरेका छौ । कार्यालयमा आएका सबैले के भईरहेको छ भन्ने बारेमा आफैले हेर्न सक्नुहुन्छ ।

निकुञ्जबाट आउने जनावार र मानिसबीचको द्वन्द्व न्युनिकरण गर्न के गर्नुभएको छ ?
– मानव बन्यजन्तु द्वन्द्व नियन्त्रण गर्न प्रदेश सरकार र संघीय सरकारसँग सबै क्षेत्रमा तारबार गर्नुपर्छ भनेर योजना पेश गरेका छौं । १७ नम्बर वडाबाट मेसजाली निर्माणको काम सुरुआतपनि भएको छ । यो समस्या समाधान गर्नु संघ र प्रदेश सकाररको दायित्व हो । मानव बन्यजन्तु द्वन्द्वका कारण धेरै जनधनको क्षती भएको छ । यसको दीर्घकालीन समाधानमा लाग्न आवश्यक छ ।

अन्त्यमा नगरपालिकामा कहिलेकाही विवादपनि हुने गरेको सुनिन्छ, खास कारण के होला ?
– हामी संघीयतामा गईसकेका नेपालको संविधान २०७२ लाई पालना गर्ने हो र स्थानीय सरकार सञ्चालन ऐन र त्यसै मातहत रहेका नीति, नियम र कार्यविधीलाई पालना गरेर आफ्नो आफ्नो अधिकार क्षेत्र पालना गर्ने भएकाले मैले त्यहि गरेको छु । तथापी स्थानीय तहमा सत्ता पक्ष र प्रतिपक्षको परिकल्पना गरेको छैन । बहुपक्षकोपनि परिकल्पना गरेको छैन । विवाद गर्नुपर्ने म देख्दिन र विवाद गर्नुपर्छ भन्ने मान्यतामा म छैन । तर हाम्रोमा स्थानीय सरकारमा सत्ता पक्ष र प्रतिपक्ष छैन् भन्ने कल्पना गर्दागर्दै बहुमत र अल्पमतका कुरा आउँदा विवाद हुने गरेका हुन् । अर्काको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न गएको खण्डमा विवाद हुन्छ, आफ्नो आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरेमा विवाद हुदैन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

प्रथम एसईई कप फुटसल प्रतियोगिता

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल

बागलुङको बडिगाडमा पहिलो पटक हाइड्रोजन ग्यास उत्पादन

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

ताजा समाचार

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
दुई कर्मचारी सम्मानित
दुई कर्मचारी सम्मानित
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
प्रथम एसईई कप फुटसल प्रतियोगिता
प्रथम एसईई कप फुटसल प्रतियोगिता
दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता
दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता

ट्रेन्डिङ

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

प्रथम एसईई कप फुटसल प्रतियोगिता

प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com