Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

किन झर्छ कपाल ? यी हुन् कपाल झर्ने कारण !

  • ५ वर्ष अगाडि

राम्रो र बलियो कपाल होस् भन्ने इच्छा हामी सबैमा हुन्छ तर कपाल झर्ने समस्या अहिले सामान्य भइसकेको छ । कपाल झर्नमा विभिन्न कारण हुनसक्छन् । आनुवंशिक कारण वा मौसम परिवर्तन हुँदा पनि कपाल झर्छ ।

आधुनिक अस्वस्थ जीवनशैलीका कारण पनि कपाल झर्छ । तपाईंमा पनि यस्तो समस्या छ भने कारण पत्ता लगाएर समयमै यसलाई समाधान गर्नतिर लाग्नुस् । कपाल झार्न योगदान गर्ने कुरा यी हुन् :

कपालसम्बन्धी औजार

तपाईं दिनदिनै कपाललाई स्ट्रेट गर्न वा कर्ली गर्नका लागि स्ट्रेटनर र कर्लर जस्ता औजार प्रयोग गर्नुहुन्छ वा दिनदिनै चिसो कपाल सुकाउन ड्रायर प्रयोग गर्नुहुन्छ भने तिनले तपाईंको कपाललाई जरैदेखि कमजोर बनाउँछन् । त्यसपछि कपाल टुक्रिने, झर्ने र मृतजस्तो हुने समस्या आउँछ ।

फंगल इन्फेक्सन र चायाँ

​कपालमा फंगल इन्फेक्सन हुँदा त्यो जरैबाट कमजोर भएर टुक्रिन थाल्छ । अनि तालु सुक्खा हुँदा चायाँ पनि पर्छ जसले गर्दा कपाल कमजोर भएर टुक्रिन थाल्छ । कपालको सफाइ र पोषणमा ध्यान दिनुभए मात्र यस्ता स्थितिबाट बच्न सक्नुहुन्छ ।

रसायन

दिनदिनै नयाँ हेयरस्टाइल बनाउने र कपाल रंगाउने गर्दा तिनमा भएका रसायनले कपाललाई कमजोर बनाउँछन् र पोषण सिध्याइदिन्छन् । अनि कपाल झर्न थाल्छ । यस्ता उत्पादनको प्रयोगले कपाल सेतो पनि हुन थाल्छ ।

तनाव

कपाल झर्नुका पछाडि तनाव पनि एक कारण हो । लामो समयसम्म तनाव हुँदा शारीरिक र मानसिक स्वास्थ्य बिग्रन थाल्छ अनि कपाल कमजोर भएर टुक्रिन थाल्छ ।

औषधि

केही विशेष औषधिहरू सेवन गर्दा पनि कपाल कमजोर हुन थाल्छ । रगत पातलो बनाउने औषधि, भिटामिन ए सप्लिमेन्टहरू, बाथरोगको अनि निद्राको औषधि सेवन गर्दा पनि कपाल झर्न थाल्छ ।

गर्भधारण र रजोनिवृत्ति

​गर्भवती अवस्थाका महिलामा एस्ट्रोजन हर्मोनको सन्तुलन बिग्रन्छ र कपाल तीव्र गतिका साथ झर्छ । त्यसबाहेक रजोनिवृत्तिका समयमा एस्ट्रोजनको मात्रा घटेर पनि कपाल झर्न थाल्छ ।

एनेस्थेसिया र सर्जरी

एनेस्थेसिया र सर्जरी गरेपछि पनि कपाल झर्छ । यिनीहरूको शरीरमा प्रभाव तथा रिकभरीमा ढिलाइले पनि कपाल झर्छ ।

आनुवंशिक कारण

बाआमाको कपाल झर्ने समस्या छ भने सन्तानको पनि कपाल झर्छ । यसबाट बच्नका लागि केही विशेष काम गर्न सकिन्न तर खानपान र जीवनशैलीलाई राम्रो बनाएर समस्या घटाउन सकिन्छ ।

थाइरोइड

​कपाल असाध्यै कमजोर भएर झर्नुमाथाइरोइड पनि एक कारण हुन सक्छ । थाइरोइडको उपचार गराएपछि कपाल झर्ने समस्या पनि समाधान हुन्छ ।

यसबाहेक टाइफाइड र भाइरल संक्रमणले पनि कपाल कमजोर बनाउँछ र ती झर्न थाल्छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा सेतो रगत उत्पादन सुरु

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com