बागलुङ,जेठ २९ । बागलुङमा एक पुरुष मृत फेलापरेक छन् ।
बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका शेर बहादुर सुनारको चार दिनपछि खोलामा मृत अवस्थामा फेला परेको हो ।
गत २५ गते घरमा बिहान घरबाट निस्केर सम्पर्कविहीन भएका सुनारको खोजीकार्य गर्दा बिहीबार लेखानी–कादेश जोड्ने झोलुङ्गे पुल मुनी खोलाको बिचमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
३( वर्षका सुनारको मानसिक असन्तुलन ठिक भएको परिवारले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए ।










