Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दसैँमा वृद्ध बुबाआमालाई मिस गर्दै नागरिककाे सुरक्षामा खटिनेछु : एसएसपी अशोक सिंह

  • ४ वर्ष अगाडि

काठमाडौं, २७ असोज । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ ।

फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ । यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । न्युज कारखानाले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।

अशोक सिंह

हामीलाई दसैंमा विदा हुँदैन । सम्पूर्ण जनशक्ति जनताको जिउधनको सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा खटिरहेको छ । दसैंतिहार विशेष सुरक्षा योजना लागु गरेका छौं । काठमाडौंको पचासौं लाख जनसंख्याको सुरक्षा, चाडपर्व मनाउन बाहिर जाने र अन्य यहाँको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयबाटै विदा नछोड्ने भन्ने निर्देशन आएको हुनाले हामी आफ्नो ड्युटी गर्ने, ड्युटी गर्दै रमाउने र मनाउने गरेका छौं । दसैंको बेला संगठन प्रमुखसँग टीका ग्रहण गर्न जान्छौं । मातहतमा रहेका वृत्त प्रमुखहरुसँग पनि टीका आदान प्रदान हुन्छ ।

म दसैंमा घर (धनगढी) जान नपाएको १५ वर्ष भयो । तर बीच बीचमा बुवालाई काठमाडौं (भैंसेपाटी) बोलाएर पनि टीका ग्रहण गरेको छु । बुवा ८४ वर्ष पुग्नुभयो । आमा पनि वृद्ध हुनुहुन्छ । म काठमाडौंजस्तो संवेदनशील ठाउँको इन्चार्जको जिम्मेवारीमा छु । आमाबुवालाई एकदमै मिस गरिन्छ । घरबाट पनि गुनासो हुन्छ । तर, चाडपर्वको बेला आफूले निर्वाह गर्नुपर्ने व्यवसायिक जिम्मेवारी छ ।

पहिलो प्राथमिकता हाम्रो जिम्मेवारी र कर्तव्य पालना हो । त्यसमा फोकस भएर यहीँ रमाएर दसैं मनाउने भन्ने छ । घरपरिवारलाई पनि कन्भिन्स गर्छौं । उहाँहरू पनि बुझ्नुहुन्छ । साथै प्रहरी कर्मचारीलाई पनि मोटिभ गर्नुपर्ने हुन्छ । मन खल्लो नहोस् भनेर ब्यारेकै मनाउँछौं । मासुभात खाने, अनि ड्युटी गर्ने हुन्छ । ड्युटीलाई प्रभाव नपर्नेगरी पालैपालो रोटेसनमा टीका लगाइदिने हुन्छ । हामी दसैं पनि मनाउँछौं, ड्युटी पनि गर्छौं । नागरिकले ढुक्कसँग दसैं मनाउन पाएभने हामीलाई सन्तोष हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

रहरले भन्दा कहरले बागलुङको भ्रमण गरेका स्थलहरू

जिन्दगीको यात्राका अनुभवहरू

कहिलेकाहीँका अविस्मरणीय पलहरू

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

मनाङको हिउँदे कठिनाइ

ताजा समाचार

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने
बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने
कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ
कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ
बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

ट्रेन्डिङ

धवलागिरि प्रादेशिक अस्पतालमा मनोरोग सम्बन्धी परामर्श र उपचार सेवा सुरु

बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए

निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग नगर्न उपभोक्ता मञ्च बागलुङकोे अपिल

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने

कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com