Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

  • ५ वर्ष अगाडि

बाजुरा, ११ पुस : बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने वडाध्यक्ष धर्मराज जोशीले बताउनुभयो । विपन्न परिवारका महिलालाई लक्ष्य गरी वडा कार्यालयले उक्त सेवा दिने निर्णय गरेको उहाँको भनाइ छ ।

यस्तै वडामा रहेका एचआइभी सङ्क्रमितलाई औषधि सेवनका लागि जाँदा आउँदा लाग्ने खर्च पनि वडाले नै व्यहोेर्ने निर्णय गरेको छ । जिल्ला अस्पताल मार्तडी र अछामको बयलपाटासम्म उनीहरुलाई लैजाने व्यवस्थासहितको सेवा सञ्चालनका लागि निर्णय गरिएको वडाध्यक्ष जोशीले बताउनुभयो । वडामा हाल सात एचआइभी सङ्क्रमित छन् । उनीहरु महीनामा एक पटक औषधी सेवनका लागि अनिवार्य बयलपाटा वा जिल्ला अस्पताल मार्तडी जानुपर्ने हुन्छ । अछामको बयलपाटा अस्पतालसम्म जाँदा प्रतिव्यक्ति रु चार हजारसम्म खर्च हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

आठ बालबालिकामा क्षयरोग सङ्क्रमण

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

भक्तपुर अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com