Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङका होटल तथा रेष्टुरेन्टको बर्गीकरण

  • ५ वर्ष अगाडि

बागलुङ, माघ २२ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बागलुङका होटल तथा रेष्टुरेन्टको वर्गीकरण सुरु गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले दिने सेवा प्रवाह, सरसफाई, खानेकुराको स्वच्छता लगायतका ५० वटा सूचकको मूल्याङ्कनका आधारमा होटलहरुको बर्गीकरण गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले सदरमुकाम स्थित होटल तथा रेष्टुरेन्टहरुको अध्ययन गरी उनीहरुको अवस्थाको मूल्याङ्कनका आधारमा होटलहरुको बर्गीकरण सुरु गरिएको जनाएको छ । डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले होटल तथा रेष्टुरेन्टले उपभोग्य बस्तुको बिक्री वितरण गर्ने भएकाले उनीहरुले प्रदान गर्ने सेवा मानिसहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सोही अनुसार वर्गीकरण गरिएको बताउनुभयो ।

खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका– २०७४ मा तोकिएको प्रावधान अनुसार ५० वटा सूचक तयार गरी ९० अंक भन्दा माथि ल्याउने होटल ‘क’ वर्ग, ८० देखि ८९ अंक ल्याउने होटल ‘ख’ वर्ग, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटल ‘ग’ वर्ग र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुरेन्ट ‘घ’ वर्गमा समावेश गरिने कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख पौडेलका अनुसार होटल तथा रेष्टुरेन्टलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिने प्रावधान अनुसार बागलुङका दुई वटा होटल तथा रेष्टुरेन्टको बर्गीकरण छुट्याएर स्टीकर टाँसिएको छ । डिभिजनले गरेको अध्ययन अनुसार सदरमुकाम स्थित गोविन्दाज रेन्टुरेन्ट र होटल शितल एण्ड पार्टी प्यालेसलाई ‘ग’ वर्ग अर्थात सन्तोषजनक रुपमा वर्गीकरण गरेर स्टीकरण टाँस गरिएको छ ।

यस्तो अभियानले होटल व्यवसायी तथा उपभोक्ता दुवैलाई फाइदा पुग्ने स्वयम् होटल व्यवसायीहरु बताउछन् । उपभोक्ताले स्टिकरको आधारमा होटल तथा रेष्टुरेन्टको पहिचान गर्न सक्ने र होटल व्यवसायीलेपनि शुद्धतामा ध्यान दिने भएकाले मापदण्डको आधारमा स्टिकर टाँस्दा सहज हुने बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

चिप्स उत्पादन गर्दै रामपुरका महिला

२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ

मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com