Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

सेतोपुतलीको संक्रमण, उपचारमा ढिलाई भए आँखाको ज्योति नै गुम्न सक्ने

  • ३ वर्ष अगाडि

भदाै २५ । के तपाँईको घरमा सेतो बत्ती बाल्ने गर्नु भएको छ यदि यस्तो बत्ती बाल्ने गर्नु भएको छ भने ख्याल गर्नुहोला । सेतो बत्ती वरिपरि सिजनमा देखा पर्ने सेतो पुत्तली देखा पर्न थालेको छ की त्यसमा ख्याल गर्नुहोस् । यदि सेतो बत्तीमा सेतो पुतली आउन थालेको छ भने तपाँईहरुलाई केही जोखिम निम्तिदैछ भन्ने बारेमा सजग हुनुहोस । 

यदि सेतो पुतली तपाँइको घरमा आएको छ भने त्यसलाई नचलाउनु होला, त्यसबाट बच्न सक भर सेतो बत्ती नबाल्नु राम्रो, बिषेश गरी वालबालिकामा यसको संक्रमण छिटो हुने हुँदा उनीहरुलाई सेतो पुतलीबाट टाडा राख्नु होला । प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुस   कर्णहरु आँखामा  पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकहरुले बताउदै आएका छन्।

पोखरा क्षेत्रमा यता कता सेतो पुतली देखा परेसंगै मानिसहरुलाई यसले दुःख दिन थालेको छ । यदि तपाँइ र तपाईका कुनै व्यक्तिमा सेतो पुतली संत्रमण भएमा तपाईहरुको आँखा रातो हुने, दुःख्ने र आँखा बन्दको बन्दै हुने समस्या भएमा तत्काल जति सक्दो छिटो नजिकको आँखा अस्पतालमा पुर्याउनु होला उपचार सम्भव छ । सेतो पुतली संक्रमित भएका बिरामीलाई समयमै वा एक दिन (२४ घण्टा ) भित्र उपचार गर्न सम्बन्धित अस्पतालमा पुर्याउन सकेको खण्डमा सुइ, अप्रेशन, औषधि कुनै विधिबाट तपाँईहरुको उपचार सम्भव हुन्छ ।
दुई बर्ष अघि पोखरामा सेतो पुतली आतंक जस्तै भएको थियो भने सेतो पुतलीको संकमण पोखरामा यस सिजनमा शुरु भएको हिमालय आँखा अस्पताल पोखराका प्रमुख डा. इन्द्र महर्जनले बताए । उनका अनुसार दुई बर्ष अघि पोखरामा सेतो पुतलीका कारण २६ जना बिरामीहरु अस्पतालमा उपचार गर्न पुगेका थिए । यस बर्ष तिज  पर्व भदौं १६ गते भन्दा अघि एक जनामा, भदौं १६ र १७ गते एक/एक जनामा र बुधबार थप ३ जनामा गरी हालसम्म ६ जना सेतो पुतलीको संक्रमणका बिरामीहरु अस्पतालमा आएको डा. महर्जनले जनाए ।

५ बर्ष मुनिका बालबालिकाहरुमा सेतो पुतली संक्रमण बढी हुने हुँदा यसबाट जोगाउन उनले आग्रह गरे । सेतो पुतली संक्रमण भएको एक दिन भित्र उपचार गर्न आँखा अस्पतालमा पुगेमा शतप्रतित जसो उपचार गर्न सकिने, दुई दिन पछि जादा ५० प्रतिशत आँखाको ज्योति गुम्ने जोखिम हुने, तेस्रो दिन पछि जादा ९० प्रतिशत जसो जोखिम हुने भएको डा. मर्हजनले जनाए । पोखरामा सेतो पुतली संक्रमण शुरु भएसंगै काठमाण्डौंको तिलगंगा आँखा अस्पताल र टिचिङ अस्पतालमा समेत जानकारी गराइएको उनले जनाए ।

सेतो पुतली संक्रमणले कालो आँखाको भागमा सेतो देखिनु जहाँ ब्याक्टेरिया समेत देखिने गरेको चिकित्सकले बताएका छन्। उनले भने “ आँखामा एन्टिबायोटिक इन्जेक्सन लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति बचाउन सकिन्छ । ” सेतोपुतलीको रियाक्सनले समयमै उपचार हुन नसके आँखाको रेटिना सहितको भाग नै नष्ट पार्ने डा.महर्जनले दाबी गरे । यस्तो संक्रमणबाट बचाउन सबै सरोकारवाला निकाय सजग हुन आग्रह गर्दै डा. मर्हजनले आँखामा कुनै रातो हुनु र आँखा बन्द भै दुखाइ सहित आँखा खोल्न कठिन भएमा तत्काल आँखा अस्पताल जान उनले सुझाव दिए । हिमालयन आँखा अस्पतालले यस्तो अबस्थामा २४ सै घण्टा सेवा दिन थालेको डा.महर्जनले जनाए ।

पोखराको न्यूरोडमा रहेको  माछापुच्छ्रे बैंंकको एटिएम मेसिनको रहेको कोठामा समेत ७/८ वटा सेतो पुतली रहेको छ । यस्ता धेरै ठाँउमा सेतो पुतली आउन थालेको हो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा सेतोपुतलीबाट बच्न र बचाउनको लागि आफुहरुले विभिन्न निकायमा समेत जानकारी गराएको डा. महर्जनले जनाए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

निःशुल्क आँखा जाँच सम्बन्धी सम्झौता

घरमा सुत्केरी हुनेको सङ्ख्या घट्यो

आवश्यकता ‘डिजिटल हेल्थ’को

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki