Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

के हुन्छ निदाउनु अघि मोबाइल चलाउँदा ?

  • ६ वर्ष अगाडि

के तपाइको सुत्नुअघि मोबाइल चलाउने बानी छ? छ भने यो बानी तत्काल परिवर्तन गर्न जरुरी छ।

यदि ख्याल गर्नु भएको छैन भने विचार पुर्याउनुस्, सुत्नु अघि यस्ता डिजिटल प्रविधिको प्रयोग गर्दा शारीरिक र मानसिक दुवै हानी गर्छ। यसले निन्द्रा नलाग्ने र निदाइहाले पनि छोटो निन्द्रा पर्ने अनि बिहान उठ्दा शरिर गह्रौ बनाउने गर्छ।
के हुन्छ मोबाइल चलाउँदा?
सुत्नु अघि टिभी, ट्याबलेट, मोबाइल, ल्यापटप अनि अन्य इलेक्ट्रोनिक डिभासको प्रयोग गर्दा शरिरको आन्तरिक घडी बिग्रन्छ। यो आन्तरिक घडीलाई सर्काडियन रिदम भनिन्छ। सूर्योदय र सुर्यास्तको समयमा शरिरले आफ्नो आन्तरिक घडी रिसेट गर्छ, यही घडी अनुसार शरिरले बिभिन्न आन्तरिक तथा बाह्य अवस्थाको लागि आफुलाई तयार राख्छ।

जब यो सर्काडियन रिदम (circadian rhythm) बिग्रन्छ तब निन्द्राको समयमा शरिरमा उत्पन्न हुने मेलाटोनिन नामको हर्मोन उत्पादनमा दख्खल पुग्छ। जसले निन्द्रा अनियमित बनाइदिन्छ।

यी इलेक्ट्रोनिक डिभासबाट निस्कने छोटो वेभलेन्थको कृत्रिम निलो प्रकाशको कारण शरीरको यो आन्तरिक घडीमा असर पुगेको हो।

बेलुकाको समयमा जति बढी यस्ता इलेक्ट्रोनिक उपकरण प्रयोग गरिन्छ, त्यति नै निदाउन गाह्रो हुन्छ, छोटो निन्द्रा पर्छ।

सुत्नु पर्ने समयमा नसुत्दा रेम चरणको निन्द्राको अवधि घट्छ। जसको कारण बिहान उठ्दा शरिरमा आलस्यता आउँछ, शरिरले पुरा आराम पाएको हुँदैन। (REM- Rapid Eye Motion- यो निन्द्राको गहिरो चरण हो, जसले शरिरमा ताजगी फिर्ता ल्याउन मद्धत गर्छ, साथै यही चरणमा सपना देखिन्छ। त्यसैले यो बेला व्यक्तिको आँखा चलिरहेको देख्छ सकिन्छ)।

यसरी सुत्नु अघि नियमित मोबाइल चलाउने बानीले बिस्तारै शारिरीक स्फुर्ति घटाउँदै जान्छ, जसले मानसिक रुपमा पनि विभिन्न समस्याहरु देखिन थाल्छन।

यो बानी हटाउन बेलुका सुत्नु अघि किताब पढ्ने बानी सुरु गर्न सकिन्छ। यसले निन्द्रा लगाउन पनि मद्धत गर्छ अनि ज्ञान पनि पाइन्छ।

अर्को प्राविधिक उपाय पनि छ, किन्डल। इलेक्ट्रोनिक उपकरण नै भएपनि किन्डलमा किताब पढ्दा यसले अन्य उपकरण जस्तो हानी गर्दैन, किनकी यसले मोबाइल, ट्याबलेटहरु झै कृत्रिम निलो प्रकाश निकाल्दैन।

कुनैदिन निदाउने १ घण्टा अघि नै मोबाइल चलाउन बन्द गर्नुस्, अनि हेर्नुस् बिहान उठ्दा कति सहजै उठ्न सक्नुहुन्छ! देख्नुहुनेछ शरिरमा हिजो अस्ती भन्दा बढी ताजगी आएको छ।

यस्ता बानी परिवर्तन गर्नु है भन्ने खालका जानकारीहरु पढेर भन्दा एकपटक आफै पालना गरेर हेर्दा सहजै त्यसको सत्यता थाहा पाउन सकिन्छ। एक घन्टा मोबाइल नचलाउँदा भोली दिनभर स्फुर्त रहन सकिन्छ भने एक पटक गरेर किन नहेर्ने!

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा सेतो रगत उत्पादन सुरु

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो- सांसद डा. तोसिमा कार्की

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com