कुनै खानेकुरा यस्ता हुन्छन्, जुन फ्रिजमा राख्नाले चाँडै बिग्रिने वा सडिने हुन्छ । फ्रिजमा राखेका खानेकुरामा न्युट्रिएट्स कम हुनसक्छन् । त्यसैले फ्रिज बाहिर राख्नु नै राम्रो हु्न्छ । यस्ता १० खानेकुरा जसलाई फ्रिज बाहिर राख्नु उत्तम हुन्छ ।
१ गोलभेडा – गोलभेडालाई फ्रिजमा राख्यो भने भित्रको मेम्ब्रेन फुट्छ, गोलभेडा गल्दैजान्छ र चाँडै बिग्रिन्छ ।
२. ब्रेड – फ्रिजमा ब्रेडमा राख्नाले चिसोका कारण डिहाइड्रोसनको मात्रा बढ्छ । ब्रेब सुख्खा हुन्छ र चाँडै खराब हुन्छ ।
३. अन्डा – धेरै दिनसम्म अन्डालाई फ्रिजमा कैद गर्नु हुन्न । यसो गर्नाले अन्डामा भएको न्युट्रिएट्स कम हुन्छ ।
४. केरा – केरामा हुने इथाइलीन निस्कन्छ र वरपर रहेको फलफूललाई पनि चाँडै पकाउँछ ।
५. सुन्तला वा कागती – यी फलमा पाइने साइट्रिक एसिडले फ्रिजको चिसोलाई सहन सक्दैन । फ्रिजमा राखिएका सुन्तला वा कागतीको बोक्राको दाग बस्ने तथा स्वाद पनि बद्लिने हुन्छ ।
६. मह – फ्रिजमा राख्न नहुने मह पनि हो । फ्रिजमा राख्नाले मह गाडा हुने ह्ुन्छ । लामो समयसम्म फ्रिजमा मह राखेमा क्रिस्टल बन्न थाल्छन् ।
७. स्याउ – स्याउमा पाइने इंजाइम्स सक्रिय भई चाडै पाक्ने तथा बिग्रने हुन्छ । यदि राख्नै पर्ने भयो भने पनि कागजले बेरेर मात्रै फ्रिजमा राख्नुपर्छ ।
८. कफि पाउडर – कफि पाउडरलाई फ्रिजमा राखेमा बास्ना हराउँछ ।
९. हरियो साग–सब्जी – हरिया सागसब्जीलाई फ्रिजमा राखेमा चाँडै पात सुक्ने हुन्छ । र यो एकदमै वेस्वादको बन्न पुग्छ ।
१०. प्याज – प्याजलाई फ्रिज बाहिर राख्नु नै उपयुक्त मानिन्छ । फ्रिजमा चाँडै बिग्रने हुन्छ ।