एजेन्सी । हाम्रो भान्सामा तरकारीमा हाल्नका लागि प्रयोग हुने मसला मध्ये एक हो, लसुन । हाम्रो तरकारीको स्वाद नै मीठो बनाइदिन सक्छ, लसुनले ।
तर, खानामा स्वादका लागि मात्र होइन, लसुनले व्यक्तिलाई सुन्दर बनाउन पनि सहयोग गर्छ । अनि यसको लाभ कुनै औषधिको भन्दा कम छैन । आयुर्वेदमा त लसुनका हजारौँ उपयोगका सन्दर्भबारे उल्लेख गरिएको छ ।
यसमा पाइने एन्टिअक्सिडेन्ट्सका कारण लसुनले हामीलाई मधुमेह, मुटु रोग, पेटको संक्रमण तथा मौसमी बिरामीबाट पनि बचाउन सक्छ । यतिमात्र होइन, यसले हाम्रो छालालाई पनि चम्किलो बनाउनुका साथै स्वस्थ राख्छ । युवायुवतीमा कालो वा सेतो दाग छालामा देखिएको छ भने पनि लसुन फलदायी हुनसक्छ ।