कोरोना अपडेट : निको हुनेभन्दा संक्रमित २० जना बढी

काठमाडाैँ, ११ असोज । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार चार सय ८८ नमुना परीक्षण गर्दा एक हजार दुई सय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोसँगै देशभर सक्रिय संक्रमित १८ हजार आठ सय ४८ जना पुगेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुईभन्दा बढी संक्रमित भएका जिल्ला २० छन् ।

पछिल्लो २४ घन्टामा एक हजार दुई सय ६२ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ६२ हजार चार सय १६ छ ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव २ प्रतिशत छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा सातजनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय तीनजनाको निधन भइसकेको छ ।

हाल देशभर तीन सय ८५ जना सघन उपचार कक्ष (आईसीयू), एक सय २५ जना भेन्टिलेटर, १७ हजार पाँच सय ३५ जना होम आइसोलेसन, एक हजार तीन सय १३ जना संस्थागत आइसोलेसन र दुई सय ५६ जना क्वारेन्टिनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार