Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

दसैँमा व्यक्तिगत चिन्ताभन्दा निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने हुन्छ : एसपी दानबहादुर कार्की

  • ७ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

काठमाडौं, २७ असोज । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ । यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । न्युज कारखानाले जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।

दानबहादुर कार्की   

कपिलवस्तुमा हिन्दु धर्मावलम्बीले दुर्गा मूर्ति स्थापना गर्ने र दसैंको टीकाकै दिन बिसर्जन गर्ने कार्यक्रम हुँदै आएको छ । बिसर्जन गर्ने क्रममा डिजे बजाउने, उफ्रिने र खासगरी कृष्णनगरमा झडप भएर मान्छे मृत्यु हुनेसम्मको घटना हुँदै आएको छ ।

त्यसकारण टीकाको दिन टीका लाउनेभन्दा पनि कर्तव्यबोधको दायित्वले त्यहाँ चनाखो भएर ड्युटीमा खटिनुपर्ने अवस्था छ । म आफू विदामा जान्न । अन्य टोलीलाई पनि मूर्ति बिसर्जन कार्यलाई शान्तिपूर्ण र हिन्दु मुस्लिमका बीचमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेपछि मात्रै विदामा जाउला भनेर स्टाण्डबाई राखिएको छ ।

दसैं मनाउने कुरामा अरु ठाउँमा जस्तै अष्टमी, नवमीमा मौलो पूजा गर्ने, सबै प्रहरी कर्मचारीसँग सँगै बसेर खाना खाने हुन्छ । टीकाको दिनमा मेरो घरपरिवार नै प्रहरी कार्यालय भएकाले इच्छुक प्रहरीहरु टीका लाउन पनि आउँछन् । तर यसपालि त्यो हुँदैन । सम्पूर्ण प्रहरी कर्मचारी दुर्गा बिसर्जन कार्यक्रममा अझ सक्रियताका साथ खट्नुपर्नेछ । कपिलवस्तुमा दुर्गामूर्ति सेलाउने नै त्यस दिन पर्ने हुनाले अलि नमिल्ने स्थिति छ । मैले आमाको हातबाट टीका नलगाएको ५ वर्ष भयो । यसपालि पनि टीका लाउन आएन, बाँचिन्छ कि मरिन्छ के हो, भेट पनि भएन भन्ने गुनासो आमाबाट आउँछ ।

तर, एउटा बुझाई के छ भने छोरोको जागिर नै यस्तो छ, सेवा गर्ने हो, यो आउन्न, हामी पनि घर छोडेर हिँड्न पाउँदैनौं, अरु बच्चा पनि हुन्छन् त्यसले पनि लाउन पाउँदैन भनेर आमाले पिर गरेर रुनुहुन्छ । अब यसो फकाउनुपर्छ । यसो हुँदा खल्लो त लाग्छ । तर आफू शान्ति सुरक्षा कायम गर्ने दायित्वमा बसेको भएर व्यक्तिगत चिन्ता भन्दा पनि हामीले निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने भएकाले केही खल्लो भए पनि अब बानी परिसक्यो, स्वभाविक भइसक्यो ।   

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मेक्सिकोबाट अवैध रूपमा यसरी अमेरिका छिर्छन् नेपाली

दसैँ योजना घरमै बस्ने र पुस्तक पढ्नेछ : न्यायाधीश हरि फुयाँल

दसैँमा व्यक्तिगत चिन्ताभन्दा निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने हुन्छ : एसपी दानबहादुर कार्की

तीन वर्षदेखि दसैँ छैन, विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

डा.राजेन्द्र विमलको नजरमा मिथिलाको दसैँ : अन्धविश्वास हराउँदै, विकृति अपनाइँदै

चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छु,​​​​​​​ योगेश भट्टराई, सचिव, एमाले

ताजा समाचार

पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ट्रेन्डिङ

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा निर्वाचित

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki