Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आवश्यकता ‘डिजिटल हेल्थ’को

  • १० महिना अगाडि

काठमाडौँ, १७ माघ। सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन् ।

आज यहाँ आयोजित ‘नेपालमा डिजिटल हेल्थ कार्यान्वयनको सम्भावना र चुनौती’का विषयक अन्तरक्रियामा सहभागी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले तथ्याङ्क व्यवस्थापनमा एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताउनुभयो ।

“हामीसँग जति पनि ज्ञान, सीप, प्रविधि तथा तथ्याङ्क छन् त्यसलाई राज्यले खोजेर एकीकृत गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “साथमा तथ्याङ्कको स्रोत, सुरक्षा र विश्वसनीयतामा ध्यान दिनु जरुरी छ ।”

उहाँले कोभिडको समयमा ठूलो समस्या परेका अनुभव सुनाउँदै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । कुनै पनि चिकित्सकसँग बिरामीको अभिलेख नरहेको, रोगको उपचारको खास प्रोटोकल नभएको उल्लेख गर्दै इलेक्ट्रिोनिक रेकर्ड जरुरी भएको उहाँको धारणा छ ।

विकसित मुलुकमा बिरामीको सबै विवरण डिजिटलाइज हुने भन्दै जुनसुकै अस्पताल गए पनि विगतको जानकारी लिन सजिलो हुने उहाँको भनाइ छ । चिकित्सकको सिफारिसका साथै औषधिको जानकारी समेत फार्मेसीसम्म पुग्ने भएकाले बिरामीले सोही आधारमा सेवा लिएरहेको उहाँको भनाइ छ ।

सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले बेलायत तथा अष्ट्रेलियमा आफूले प्राप्त गरेको अनुभव सुनाउँदै भन्नुभयो, “प्रणालीबाट एक क्लिकमा स्वास्थ्यका सबै जानकारी प्राप्त हुनसक्छ, अब त्यो अभ्यास नेपालमा किन नगर्ने ?”

सांसद रामहरि खतिवडाले डिजिटल हेल्थ लागू भए धेरै सहज हुने बताउनुभयो । लामो समय चिकित्सा सेवा दिनुभएका सांसद डा चन्दा कार्कीले डिजिटल हेल्थका विषयमा राज्यले गम्भीरताका साथ नीति नियम बनाउनुपर्ने बताउनुभयो । विगतमा शिक्षण अस्पतालमा ‘हेल्थ नेट’ सुरु गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका सूचना प्रविधि शाखाका राजेन्द्रप्रसाद पौडेलले विवरण सङ्कलनको एक खालको प्रक्रिया भइरहेको तर डाटा प्रवेश विन्दुमै समस्या रहेको धारणा राख्नुभयो । “एक जना चिकित्सकले एक सय जनासम्म बिरामी हेर्नुपर्छ, उसले कसरी विवरण भर्न सक्छ, आवश्यक जनशक्ति व्यवस्थापन जरुरी छ”, उहाँले भन्नुभयो ।

सोच नेपालका अध्यक्ष डा दामोदर पुडासैनीले स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । “विश्वव्यापी भएको विकासलाई नेपालले पनि स्वीकार गर्नुपर्छ”, उहाँले भन्नुभयो, नेपालमा ई–हेल्थमा धेरै खर्च भइसकेको छ, यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा एचआईभी संक्रमण भएका २२ जना नयाँ विरामी थपिए

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

आठ बालबालिकामा क्षयरोग सङ्क्रमण

ताजा समाचार

उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   

ट्रेन्डिङ

कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा

बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

राउटेका मुखियाबाट ओलीलाई कोही उपहार

बागलुङमा एमालेको संकल्प यात्राको तयारी तीव्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com