Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम चाहिन्छः उपाध्यक्ष अर्याल

  • ४ वर्ष अगाडि

काठमाडौँ, १६ फागुन। राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई लक्ष्य गरी विशेष कार्यक्रम ल्याउन नीतिगत व्यवस्था हुनुपर्नेे बताउनुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा विज्ञ डा सुशील बरालको प्रस्तुतिपछि उहाँले तराईका डुम र राउटेलगायत समुदायलाई केन्द्रित गरी स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको हो ।
समिति सभापति दिलकुमारी रावलले कोरोना र डेङ्गुको महामारीका बेला समितिले दिएको सुझाव सरकारले कार्यन्वयन गरेकामा आभार प्रकट गर्दै भविष्यमा स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी तुल्याउन कानुनी एवं संरचनागत सुधारका लागि समितिले पहल गरिरहेको बताउनुभयो ।

डा बरालले मानव, जनावर र वातावरणीय स्वच्छताका लागि केन्द्रदेखि स्थानीय तहसम्म एकीकृत अवधारणा तर्जूमा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अहिले उत्पन्न स्वास्थ्यसम्वन्धी समस्या सम्बोधन गर्न अस्थायीरुपमा टालटुले काम मात्र गर्दैआएका छौँ, अब यो क्षेत्रलाई कसरी अघि बढाउने भनी स्पष्ट खाकासहितको रणनीति बनाउनुपर्छ ।”

नेपालमा खोपको अवस्था निकै राम्रो रहेको भनिए पनि केही वर्षअघि नेपालगञ्ज क्षेत्रमा दादुराको प्रकोप नियन्त्रण बाहिर गएको घटनाबाट शिक्षा लिन जरुरी रहेको बताउँदै विज्ञ बरालले आकस्मिकरुपमा आइपर्ने यस्ता चूनौतीलाई सम्बोधन गर्न नविनतम प्रणालीको विकास गरी वृहद कार्यक्रम बनाउनुपर्छ भन्नुभयो ।

यसअघि बैठकमा समितिका सदस्यले स्वास्थ्य क्षेत्रमा सुधारका लागि व्यावहारिक कार्यविधि र नियम बनाउन बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य सेवा प्रवाह सेवाग्राही रहेको स्थानबाट कम्तीमा ३० मिनेटको दूरीमा रहनुपर्ने भए पनि देशमा त्यो अवस्था नरहेको जनाइएको थियोे ।

बैठकमा मुलुकमा एक लाख ३८ हजार बढी गाउँघर क्लिनिक, १६ हजार ५०० बढी खोप केन्द्र, हरेक वडामा छ हजार सात सय ४३ स्वास्थ्य संस्था सञ्चालनमा रहेको तथ्याङक प्रस्तुत गरिएको थियो ।
हरेक प्रदेशमा एउटा सङ्घीय अस्पताल रहेकामा सुदूरपश्चिम बाहेकका प्रदेशमा कम्तीमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हरेक प्रदेशमा एक सरुवा रोग अस्पताल रहेको जानकारी गराइएको थियो । मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्ति दुई लाख ६४ हजार आठ सय ४३ रहेकामा २६ हजार चिकित्सक र ९५ हजार नर्स व्यावसायिक परिषद्मा कार्यरत रहेको बताइएको छ ।

सरकारी निकायमा स्वास्थ्य जनशक्तिको दरबन्दी ३१ हजार पाँच सय ९२ रहेकामा ५१ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयमसेवीका देशभरी समुदाय तहमा परिचालन रहेको जानकारी दिइयो । मुलुकमा सन् २०३० सम्ममा कूल एक लाख ६५ हजार सात सय ८० स्वास्थ्य सेवाका जनशक्ति आवश्यकपर्ने पनि आँकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

विशेष सम्पादकीय: राजनीतिक औचित्यको समाप्ति

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा “जनता जगाऔं, काँग्रेस बढाऔं” अभियान सुरु

दिगो आर्थिक विकास र रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी आवश्यक छ – वर्षमान पुन

स्थानीय सरकारले पनि ऐन नियम बनाएर कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाको जोड

सूचना अधिकारी र पत्रकार बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com