Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नगरपालिका स्तरीय प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • १ वर्ष अगाडि

बागलुङ, २३ पुस । बागलुङ नगरपालिका–७ कालिमाटीमा बागलुङ नगरपालिका स्तरीय प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पालिकाको सुशासन, पारदर्शीता र जवाफदेहिताका लागि बागलुङ नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा सार्वजनिक सुनुवाईका कार्यक्रम आयोजना गरिएको छ ।

बागलुङ नगपालिका ७ कालिमाटीमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा अधिकांश नागरिकले सडक, खानेपानी जस्ता पूर्वाधार केन्द्रित प्रश्न राख्नुभएको थियो । उनिहरुले सेवा प्रवाह राम्रो भएपनि विकासमा सहजीकरण नभएको बताउनुभयो । निर्माणधीम विश्व बैंकको सडक समयमै सकिए यहाँको विकासको ढोका खोलिने बताएका छन् ।

सार्वजनिक सुनुवाईमा प्रथम चौमासिक सम्म सम्पन्न भएको योजना, कार्यप्रगतिको विषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद खानलले सार्वजनिक सुनुजाईमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बसाइँसराइले गाउँ रित्तिदै गएले चितुवा आतंक बढेको, गोरेटो बाटो समेत नभएको, खानेपानीको ट्याङ्की अलपत्र परेको वडा सदस्यहरु वडा कार्यालय नआएको, दलितले उत्पादन गरेको दूध र घ्यु बिक्री नभएको, द्वन्द्वपीडितलाई नहेरेको, निर्माणधीन सडकको धुलोले आजित बनाएको बताएका थिए । बालमैत्री नगरपालिका घोषणा छिटो भएको, भालुमारे डाँडास्वारा सडक ओझेलमा परेको, बिश्वबैंकको सडकको काम भएपनि धुलोले सास्ती बनाएको, योजना आउदा थाहै नपाएको, अनुदान नपाएको, उपभोक्ता समिति बनाउने नागरिक नपाएको, योजना घाटामा पुगेको, बाटुलेमा मोटरबाटो नबनेको र असली किसानलाई कार्यक्रम नआएको गुनासो गरेका थिए ।

 

सार्वजनिक सुनुवाई कार्यक्रममा नर बहादुर कार्की, जयराम आचार्य, श्याम बिक, शशिधर गौतम, महेन्द्र बिक, प्रकृति पौडेल, युगेन्द्र खनाल, महेन्द्र बिक, गण्पाती कँडेल, सिता केसी, मिना केसी, गोबिन्द उपाध्यया, ओमराज शर्मा, नारायण केसी र अनु कार्की लगायतले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव राखेका थिए । उनिहरुले मुलपानी कालीमाटी सडक तिब्रगतिमा कालोपत्रका लागि पूर्वाधार निर्माण भएको सकरात्मक भएको बताएका छन् ।

कार्यक्रममा जनताको गुनासो, चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष मेघनाथ गैरेले जवाफ दिनुभएको थियो ।जनताको प्रश्नको जवाफ दिँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले गरेका कामकारबाहीका बारेमा जानकारी दिन, नागरिकको गुनासो र सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरेको बताउनुभयो ।

जनताको प्रश्नक र गुनासो लिन वडा तहमै आएको बताउनुभयो । उहाँले सडक यहाँको विकासको मुख्य प्राथमिकतामा परेको बताउदै नगरकै सबैभन्दा ठूलो योजना कालिमाटीमै रहेको जानकारी दिनुभयो । उहाँले नागरिकहरुले सकरात्मक हिसावले सोच्दै पालिकालाई सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा जनताका हरेक समस्यालाई आफूहरुले नजिकबाट बुझ्ने र सल्लाह सुझाव अनुसार आगामी दिनमा काम गर्ने बताउनुभयो । नगरपालिकाप्रति उठेका प्रश्नले नगरपालिकालाई कामप्रति थप जिम्मेवार बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । उहाँले कर्मचारी र जनप्रतिनिधिले कार्यसम्पादनलाई बढाउदै लगेको बताउनुभयो । उहाँले सडक कालोपत्र पछि खानेपानी लगायतका अन्य योजनामा बजेट पठाउने बताउनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले टिप्पणी गर्नुभएको थियो भने उपाध्यक्ष सुवास आचार्यले नागरिक सर्वेक्षण सन्तुष्टि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यकमको आचार संहिता पत्रकार डम्मर बुढाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, वडा अध्यक्ष मेघनाथ गैरेको स्वागत तथा पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालको सहजीकरणमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com