Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कोरोना भाइरस र साधारण रुघाखोकी कसरी छुट्याउने ?

  • BBC
  • ६ वर्ष अगाडि

कोरोनाभाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण तथा साधारण रुघाखोकीका लक्षणहरू मिल्दाजुल्दा भएकाले कस्तो अवस्थामा अस्पताल जाने भन्ने कुराले सर्वसाधारणलाई अन्योलमा पारेको छ।

केही सातायता देशका विभिन्न स्थानमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बेला सर्वसाधारणलाई कोरोनाभाइरस सङ्क्रमण र रुघाखोकी छुट्याउन अप्ठ्यारो परेको देखिएको छ।

तर घरबाहिर ननिस्केका तथा कोभिड-१९ पुष्टि भएको वा सम्भावित सङ्क्रमितको संसर्गमा नआएका व्यक्तिमा रुघा वा खोकी लागेमा स्वास्थ्यकर्मीको सल्लाहमा घरमै उपचार गर्न सकिने विज्ञहरूले बताएका छन्।

‘कोभिड-१९ मा सुक्खा खोकी’
अहिले सबै प्रदेशमा कोरोनाभाइरस पुगेको पुष्टि भइसकेको छ।

बाँके, पर्सा, उदयपुर, कपिलवस्तु, झापा र रौतहट जिल्लमा बढी प्रभावित भएका छन्।

तर मौसम परिवर्तन भइरहेको अवस्थामा साधारण रुघाखोकीको समस्या पनि सर्वसाधारणले भोगिरहेका छन्।

कोभिड-१९ सँग केही समान लक्षण भएकाले सर्वसाधारणहरू रुघाखोकी लाग्दा पनि त्रसित हुने गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमणका लक्षणका बारेमा बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले भने, “कोभिड-१९ मा मुख्यतया सुक्खा खोकी लाग्छ।”
“सुक्खा खोकी लागेको पाँच दिनजतिमा निमोनिया हुनसक्छ। त्यसपछि केही व्यक्तिहरुलाई साह्रो हुनसक्छ र भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ।”

अन्य व्यक्तिमा साधारण लक्षण पनि नदेखिने उनले बताए।

छालामा समस्या आउने तथा गन्ध थाहा नपाउने पनि कोभिड-१९ का लक्षण भएको डा. बाँस्तोला बताउँछन्।

घरबाहिर नगए कम जोखिम
घरबाहिर ननिस्केका, कोरोनाभाइरस सङ्क्रमण फैलिएको स्थानबाट आएका मानिसको सम्पर्कमा नआएका, सङ्क्रमितको नजिक नगएका व्यक्तिमा रुघा वा खोकी लागेमा चिकित्सकको सल्लाहमा घरमै उपचार गर्न सकिने डा. बाँस्तोलाले बताए।

तर सङ्क्रमण फैलिएको स्थानबाट आएका व्यक्ति, सङ्क्रमित व्यक्तिसँगको सम्पर्क तथा घरका सदस्य सङ्क्रमण फैलिएको स्थानमा गएर घर फर्केका छन् भने कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्ने उनी बताउँछन्।

उनले भने, “अहिलेको परिस्थितिमा यदि रोगग्रस्त क्षेत्रका मानिसहरूसँग सम्पर्क भएको छ र लक्षण देखियो भने चिकित्सकको सल्लाह लिनु नै राम्रो हुन्छ।”

“अझ सास फेर्न गाह्रो हुने, उच्च ज्वरो आउने लक्षण छ भने त अस्पताल जानैपर्छ।’

अधिकांश सङ्क्रमितमा लक्षण छैन
सुरुसुरुमा केही लक्षण देखिएको भए पनि अहिले कोभिड-१९ पुष्टि भएका अधिकांश व्यक्तिमा सामान्य लक्षण पनि नदेखिएकाले लक्षणका आधारमा बिरामीलाई दिइनुपर्ने औषधि दिनु नपरेको चिकित्सकहरू बताउँछन्।

कोशी अस्पताल विराटनगरको कोभिड-१९ उपचार केन्द्रका चिकित्सक डा. दीपक सिग्देलले लक्षण नदेखिएका तर सङ्क्रमण देखिएका व्यक्तिलाई पनि आइसोलेशनमा राख्नैपर्ने बताए।

उनले भने, “सङ्क्रमितलाई त आइसोलेशनमा राख्नैपर्छ। त्यो पनि विशेष आइसोलेशनमा। कोठामा राख्छौँ, बाहिर निस्कन दिँदैनौँ।”

“खानेकुरा खान दिने हो। बिरामीलाई अप्ठ्यारो पर्‍यो भने पीपीई लगाएर जाँच गर्न जाने हो। उहाँहरूलाई दिइएको खानेकुरा (बाँकी भए) र खान दिएका सामान जलाउनुपर्छ। सरफफाइमा विशेष ध्यान दिने हो।”

रुघाखोकी लाग्दा कस्तो सावधानी?
घरमा कसैलाई रुघा लागे वा कोरोनाभाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण पाइए परिवारका अन्य व्यक्तिसँग भौतिक दूरी बढाउन चिकित्सकको सुझाव छ।

आवश्यकताअनुसार मास्क लाउन, भरसक अलग भान्छाकोठा र शौचालय प्रयोग गर्न वा बिरामीलाई भौतिक दूरी कायम गरेर खाना दिने तथा छुट्टै कोठामा सुत्ने व्यवस्था गर्न मेची अस्पतालका चिकित्सक डा. पिताम्बर ठाकुरले सुझाव दिएका छन्।

उनले भने, “यति कुरा घरमा गरे कोभिड-१९ पनि फैलिने सम्भावना कम हुन्छ।”

तर रुघाखोकीसँगै सास फेर्न अप्ठ्यारो हुने र अन्य लक्षण देखिए तुरुन्त अस्पताल जान उनको सुझाव छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा सेतो रगत उत्पादन सुरु

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

ताजा समाचार

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com