Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विश्व औलो दिवस बागलुङमा पनि मनाइयो

  • नेपाल सञ्चार
  • ३ वर्ष अगाडि

बागलुङ।जिल्लामा ‘औलो विरुद्धको लडाईंलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं’ भन्ने नारासहित विश्व औलो दिवस २०८१ मनाईएको छ ।औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय बागलुङले रामरेखा आधारभुत विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । औलोबारे विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म सचेतना फैलाउने उद्देश्यले विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
जिल्लामा औलोका बिरामी शुन्य रहेपनि लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । छिमेकी मुलुक भारत औलोको उच्च जोखिममा रहेको, बागलुङमा भारत प्रवासमा रहने धेरै भएकाले आयातित औलोको जोखिम औंल्याईएको हो ।
चालु आवमा तीन हजार एक सय ८४ जनामा परीक्षण गरिएकोमा कसैमा पनि औलो पुष्टि भएको थिएन् । बागलुङमा २०७६÷७७ मा कोरोना महामारीका बेला भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका एक जनामा औलो पुष्टि भएको थियो । त्यो बाहेक हालसम्म जिल्ला सुन्य औलोको अवस्थामा रहेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् ।
बिशेषगरी अफ्रिकी मुलुकबाट आउनेमा औलोको जोखिम बढी हुने, औलोको लक्षण देखिए पनि परीक्षण नगरी घरमै बस्दा संक्रमण फैलिने जोखिम बढी हुने शर्माले बताइन् । ज्वरो आइरहने वा बिराएर आउने, टाउको दुख्ने र वान्ता हुने, जाडो हुने, शरीर काँप्ने तथा पसिना आएर ज्वरो घटी थकान महसुस भए औलों परीक्षण गर्न उनको आग्रह छ ।
एनोफलिज जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा औलो सर्ने गर्दछ । संसारमा चार सय जातका एनोफलीज लामखुट्टेहरु पाईने तथ्यांक छ । प्राकृतिक अवस्थामा ६० जात मात्र औलोको परजीविबाहेक प्रमाणित भएका छन् भने नेपालमा हालसम्म ४३ जातका एनोफलीज लामखुट्टेहरु पाइएका छन् । ती मध्ये एनोफीलीज मिनिमस, एनोफलीज् फ्लूभियाटिलीज, एनोफलीज माय्कुलाटस् कम्प्लेक्स, एनोफलीज एनुलारीज् गरी चार जातले मात्र औलो सार्ने गर्दछ ।
औलोबाट बच्न स्वास्थ्य कार्यालय बागलुङले बिभिन्न सचेतनामुलक कार्यक्रम, खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्दै आएको छ । सचेतना कार्यक्रममा लक्ष्मी शर्मा र कमला थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । सरकारले औलो ज्वरोको औषधि निःशुल्क उपलब्ध गराईदै आएको छ ।
औलोबाट बच्नका लागि घर, गाउँ, समुुदाय सफा राखि लामखुट्टेले फुुल पार्ने ठाउँहरुलाई समाप्त पार्ने, लामखुट्टेको टोकाईबाट बच्ने, समुदायमा कसैलाई लक्षण देखिएमा परीक्षण गर्ने, झुल प्रयोग गर्ने जस्ता सन्देशहरु स्वास्थ्य कार्यालय बागलुङले दिएको छ । नेपाललाई सन् २०२५ सम्म औलोमुक्त बनाउने सरकारको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा सेतो रगत उत्पादन सुरु

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com