Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

गणतन्त्र आयो—जुलुससहित, नारासहित,
भाषण र बेकारका बाचा बोकेर।
राजाले राजछाडे, जनताले शासन समाले,
तर शासन फेरिए पनि, शासनशैली किन उस्तै रह्यो?

विगतका आन्दोलन, रक्तस्नान, आशा र चित्कार–
सब भुलिएको छ, केवल फोटोमा मुस्कान बाँकी।
संविधान बनेको छ, तर संवेदनशीलता हराएको छ,
जनताको संविधान जनताकै पहुँच बाहिर।

गाउँ अझै अँध्यारो छ, सहर चकचकीला,
भोट माग्दा आउनेहरू पाँच वर्ष ओझेलमा,
शिक्षा, स्वास्थ्य, रोजगारी—शब्दहरू मात्रै बने,
कागजमा नीति छ, मैदानमा निष्ठा छैन।

कसले लियो त्यो गणतन्त्र?
के भुइँमान्छेले त्यो अनुभूति गर्न पाएको छ?
कसरी गणतन्त्र मानेर नाचूँ,
जब न्यायकै ढोका दलालीले थुनेका छन्?

वर्तमानमा हामी छौं—उपेक्षा र उदासीनताको गल्लीमा,
शब्दको शृंगारले छोपिँदैछ बेदनाको यथार्थ।
नारामा गणतन्त्र, व्यवहारमा परतन्त्र,
शक्तिको खेलमा सपना सहाराविहीन।

तर अझै आशा मरेको छैन,
बालबालिकाको आँखामा उज्यालो छ,
युवाहरूको मस्तिष्कमा परिवर्तनको चिंगारी।
अब दिशा चाहिन्छ– स्पष्ट, निर्भीक, निस्वार्थ।

गणतन्त्र केवल रूपान्तरण होइन, चेतनाको क्रान्ति हो।
साँचो गणतन्त्र त्यो हो, जहाँ जनताको आवाज शासन बन्छ
गणतन्त्र दिवस २०८२ मा संकल्प गरौँ
गणतन्त्रलाई दस्तावेज होइन, व्यवहार बनाउने।

याम बहादुर थापा मगर

बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

विशेष सम्पादकीय: राजनीतिक औचित्यको समाप्ति

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा “जनता जगाऔं, काँग्रेस बढाऔं” अभियान सुरु

दिगो आर्थिक विकास र रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी आवश्यक छ – वर्षमान पुन

रहरले भन्दा कहरले बागलुङको भ्रमण गरेका स्थलहरू

जिन्दगीको यात्राका अनुभवहरू

ताजा समाचार

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण
पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण
रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक
रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक
पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु
पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु
ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु
ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

ट्रेन्डिङ

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com