Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

वार्ता टोलीको भूमिका महत्वपूर्ण- गृहमन्त्री थापा

  • ४ वर्ष अगाडि

काठमाडौँ, १२ पुस । गृहमन्त्री रामबहादुर थापाले पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित अधिकार सम्पन्न राजनीतिक वार्ता टोलीले शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।

आज गृह मन्त्रालयमा वार्ता टोलीले तयार पारेको प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकामा धन्यवाद समेत दिनुभयो । आगामी दिनमा वार्ता गर्नुपरे आवश्यकताअनुसार यही टोलीको सहयोग लिइने गृहमन्त्रीको भनाइ थियो ।

संयोजक पाण्डेले सरकारले दिएको जिम्मेवारीअनुरुप आफूहरुले आन्दोलनरत पक्षहरुसँग औपचारिक र अनौपचारिक छलफल गरेको जानकारी दिनुभयो । वार्ता टोलीले आन्दोलनरत विभिन्न पक्षसँग वार्ता गरेको थियो ।

वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको थियो । गैरकानूनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूह विगतका क्रियाकलाप परित्याग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भएको टोलीले जनाएको छ ।

नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेको टोलीको निष्कर्ष छ । संयोजक पाण्डेका अनुसार सरकारको अभिलेखमा ४५ वार्ता समूह रहेकामा वार्ताटोलीले विस्तृत रुपमा खोज्दा २६ समूहको पहिचान भएको र त्यसमध्ये २० समूह आफँै समाप्त भइसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट

गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्नेको टुङ्गो

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki