Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

  • ९ महिना अगाडि

काठमाडौँ। नेपाली काँग्रेसले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रतिनिधि सभा विघटनलाई पूर्णतया असंवैधानिक र अलोकतान्त्रिक भनेको छ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काले जारी गरेको प्रेस वक्तव्यमा भाद्र २३ र २४ गतेको प्रदर्शनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएका सुरक्षाकर्मी तथा नागरिकप्रति संवेदना प्रकट गरिएको छ।

काँग्रेसले आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवन, वित्तीय संस्था, मिडिया हाउससहित खर्बौँ मूल्य बराबरको संरचना क्षति हुनु अकल्पनीय र निन्दनीय भएको बताएको छ। यस सम्बन्धमा सरकारलाई तत्काल छानबिन र क्षतिको यथार्थ तथ्याङ्क सङ्कलन गर्न माग गरिएको छ।

सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवामाथि भएको आक्रमणलाई काँग्रेसले अमानवीय र वर्वतापूर्ण भन्दै भर्त्सना गरेको छ। उनीहरूको स्वास्थ्य लाभको कामना गर्दै पार्टीका अन्य नेतामाथि भएको आक्रमण पनि लोकतान्त्रिक संस्कृति विपरीत रहेको जनाएको छ।

यस्तै, प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै काँग्रेसले यस कदमले संविधानको मर्म, नागरिक अधिकार र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कुठाराघात भएको आरोप लगाएको छ। वक्तव्यमा सर्वोच्च अदालतको अघिल्ला फैसलासँग पनि यो निर्णय विपरीत रहेको उल्लेख छ।

काँग्रेसले हालको परिस्थितिमा समस्त नेपाली जनता र पार्टी कार्यकर्ताको भावनालाई सम्मान गर्दै स्पष्ट धारणा तय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ५० प्रतिशत मत खस्यो

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com